site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघका राष्ट्रहरूमा आफ्नो देशबाट आउने मदिरामा २०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । अमेरिकी ह्विस्कीमा युरोपेली देशहरूले लगाएको ५० प्रतिशत कर नहटाए यस्तो कदम चाल्ने उनले बताएका हुन् ।  

सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन् – अमेरिकी ह्विस्कीमा लगाइएको ५० प्रतिशत कर तुरुन्तै हटाइएन भने, अमेरिकाले फ्रान्स र अन्य ईयू सदस्य राष्ट्रहरूबाट आउने सबै वाइन, स्याम्पेन र स्पिरिटलाई लक्षित गर्नेछ । 

 उनले यो कदम अमेरिकी कम्पनीका लागि निकै राम्रो हुने बताएका छन् ।  ‘‘यो अमेरिकामा वाइन र स्याम्पेन व्यवसायको लागि उत्कृष्ट हुनेछ,’’ उनले भने।

ट्रम्पले अप्रिल २ बाट धेरै देशहरूमा समान शुल्क लगाउने घोषणा यसअघि नै गरिसकेका छन् । जुन देशहरूले अमेरिकी सामानहरूमा जति कर लगाएका छन्, ती देशका सामानमा त्यति नै कर लगाउने उनको घोषणा थियो ।

पछिल्लोपटक भने उनले ५० प्रतिशत करको बदलामा त्यसको चार गुणा बढी अर्थात् २०० प्रतिशत कर लगाउने चेतावनी दिएका हुन् ।बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro