site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिधै प्रधानमन्त्री बीपीको कोठामा जान पाइन्थ्यो, पत्रकार आए भनेर खुसी हुनुहुन्थ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा विदेशबाट पाहुना आउने चलन थियो । अहिले पाहुना आउँदा अगाडि नै होटलको व्यवस्था गरिन्छ । तर, त्यो बेला होटल स्थापना भइसकेका थिएनन् । कोही विदेशी पाहुना आउँदा कहाँ राख्ने भन्ने समस्या थियो । त्यसैले अतिथि सदन भनेर राणाकालमै सुरु गरिएको रहेछ । त्रिपुरेश्वरमा अतिथि सदनकै रुपमा त्रिपुरेश्वर (हाल भन्सार विभाग भएको ठाउँ)मा एक नम्बर गेष्ट हाउस बनाइएको थियो । 

तत्कालीन राणाहरुले त्रिपुरेश्वरमा रहेको दुई तले घरलाई गेष्ट हाउस बनाए । र, त्यसको नाम एक नम्बर गेष्ट हाउस राख्यो । आकाशवाणीको कार्यालय पनि त्यसकै छेउमा बनाइयो । कपासको बाक्लो डसना राखिन्थ्यो । अंग्रेजहरु आउँदा त्यही डसनामा सुत्थे । 

टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदा उहाँ आफ्नै हिसावले बस्नुभयो, समस्या भएन । केआई सिंह प्रधानमन्त्री हुँदा केशरमहल छेउमा बस्नु भएको थियो । सुवर्ण शमशेरको आफ्नै दरबार थियो, त्यसमै बस्नुभएको थियो । विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएपछि उहाँलाई कहाँ राख्ने भन्ने समस्या भयो । त्यसैले उहाँलाई एक नम्बर गेष्ट हाउसमा राखियो । र, त्यसलाई प्रधानमन्त्री निवासमा रुपान्तरण गरियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री भएपछि उहाँ चीन भ्रमणमा जानुभयो । चीन भ्रमणबाट फर्किएपछि उहाँले त्रिपुरेश्वरमा रहेको एक नम्बर गेष्ट हाउसमा पत्रकार सम्मेलन गर्नुभयो । ‘हालखबर’ बाट म  पनि गएको थिएँ ।

प्रधानमन्त्रीले पत्रकार सम्मेलन सकेपछि बीपीले भन्नुभयो– “सगरमाथा चीनले दाबी गर्‍यो अफ द रेकर्ड ।” 

Global Ime bank

पत्रकारिता नपढेको मलाई के थाहा ‘अफ द रेकर्ड’ भनेको ! मैले बुझिन । मेरो त्यो बेलाको पत्रकारिताको तह चीनले सगरमाथा दाबी गर्‍यो भनेर बुझ्ने तहको रहनेछ । पत्रकार सम्मेलनमा उपस्थित सबै विदेशी पत्रकार हतारहतार बाहिर निस्किए र टेलिकमको अफिसमा गए । मचाहिँ खाजा खाएर ‘हालखबर’को कार्यालयमा गएँ । त्यो बेला प्रधानमन्त्रीको कार्यक्रममा राम्रै खाजा खान पाइन्थ्यो ।

अपरान्ह पत्रिका निस्किन्थ्यो । मैले चीनले सगरमाथा दाबी गरेको समाचार ठूलो विषय हो भन्ने नै बुझिन । त्यसैले एक प्याराग्राफ लेखेँ । कार्यालय पुगेपछि ‘अफ द रेकर्ड’ भनेको नलेख्नु भन्ने रहेछ भन्ने थाहा पाएँ । तर, गम्भीर विषय भएकाले त्यसलाई नाम उल्लेख नगरी समाचार लखेँ । उहाँले बोलेका अन्य कुरालाई समेटेर चार–पाँच प्याराग्राफ लेखेँ । 

मैले सानो लेखेको समाचार भोलिपल्ट भारतीय अखबारहरुले त ब्यानर न्युज बनाएर समाचार छापे । त्यसपछि म आफैँलाई लाज पनि लाग्यो । म सिकारु भएको र कुन कुरा महत्वपूर्ण हो भन्ने खुट्याउन नसकेर त्यो भएको थियो । सायद मलाई पनि सगरमाथा चीनले दाबी गरेको कुरा ठूलो हो भन्ने लागेको थियो भने त्यसलाई ठूलो समाचार बनाउने थिएँ होला । 

गोरखा दलले बीपीलाई एक नम्बर गेष्टहाउसमा नै हमला गरेका थिए । त्यसबेला त्यहाँ एक जनाको गोली लागेर मृत्यु भएको थियो । उक्त गेष्ट हाउसमा पञ्चायत समर्थक वासु पासाले बीपीलाई गोली हान्न खोजेका थिए । पासा पछिसम्म पनि आफैँ बीपीलाई आफूले मार्न खोजेको बताउँथे । 

दुई तले गेष्ट हाउसको दोस्रो तलामा बीपी बस्थे । तल्लो तलामा निजी सचिवालय थियो । ब्रजले बनाएको त्यो घर निकै बलियो थियो । सिमेन्ट उत्पादन हुनुभन्दा पहिला बलियो घर बनाउनु पर्‍यो भने बज्रले बनाउने चलन थियो । सिंहदरबारमा रहेको पुरानो संसद भवन, आगलागीभन्दा अगाडिको सिंहदरबार पनि बज्रले निर्माण गरिएको थियो । 

०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्था शुरु गरे । बीपी प्रधानमन्त्री हुँदा उहाँ बसेको एक नम्बर गेष्ट हाउसमा मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरी बस्नुभएन । त्यसको छेउमा रहेको अर्को घरमा उहाँ बस्नुभयो । 

मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरीले राजीनामा दिए । त्यो बेला ‘हालखबर’ छोडेर मैले ‘राष्ट्रिय समाचार समिति’मा काम गर्न थालिसकेको थिएँ । विहान मैले तुलसी गिरीले राजीनामा दिएको सुनेँ । 
दिउँसो उनी बसेको घरमा गएर सोधेँ– तपाईंले राजीनामा दिनु भएको हो ? 

उहाँले भन्नुभयो– हो । 

मैले सोधेँ– किन ? 

उहाँले भन्नुभयो– तपाईंलाई यो कुरा मतलब छैन । तपाईं पत्रकार भएर त्यति पनि कुरा थाहा छैन ? मेरो मतभेद कोसँग हुन्छ ? 

त्यसो भनेर उहाँ कड्किनु भयो । म फुच्चे पत्रकार जवाफ दिन सकिन । तर, थाहा पाएँ– राजासँगको मतभेदका कारण उहाँले राजीनामा दिनुभएको हो । उहाँसँगको त्यो दिनको कुराकानीपछि नेताहरुसँग आफूले बुझेको कुरामात्रै सोध्नुपर्छ, नबुझेको विषयमा सवालजवाफ गर्नु हुँदैन भन्ने कुराको ज्ञान भयो । 

तर, बीपी त्यस्तो हुनुहुन्नथ्यो । सोधेको कुरा सहजरुपमा भन्दिनुहुन्थ्यो । पत्रकारले बुझेन भने दोहोर्‍याएर स्पष्टसँग बुझाइदिनुहुन्थ्यो । 

पछि अहिले निर्वाचन आयोग भएको ठाउँमा रोयल होटल खुल्यो । राजा महेन्द्रको राज्यभिषेक हुने भयो । रोयल होटलमा मात्रै विदेशी पाहुना राख्न ठाउँ नपुग्ने भएपछि बागबजारमा कोरोनेसन होटल खोलियो । 
नेपालमा होटलको आवश्यकता थियो । होटलमा ठूलो लगानी गर्नुपर्ने तर तत्काल प्रतिफल नपाइने भएकाले जनताले लगानी गर्दैनन् भनेर हामीले नै गर्नुपर्छ भनेर राजपरिवारका सदस्यहरु मिलेर होटल सोल्टी खोलेका हुन् । 

शीतल निवास कृष्ण शमशेरले छोडेपछि गेष्ट हाउसका रुपमा प्रयोग गयो । त्यसअघि गेष्ट हाउस (पाहुना घर)को संख्या निकै कम थियो । तर, त्यतिबेला नै इलामको चिया वगानमा एउटा गेष्ट हाउस थियो । त्यसमा चार वटा कोठा थिए । 

त्यो बेला अहिलेको जस्तो पत्रकारिता छिप्पिएको थिएन । अहिलेको जस्तो सञ्चारमाध्यम र पत्रकार पनि धेरै थिएनन् । घटनाप्रधान समाचार हुन्थ्यो । खोजी समाचार हुँदैनथ्यो । 

त्यो बेला प्रधानमन्त्रीलाई भेट्न अहिलेको जस्तो कुर्नुपर्ने, सचिवालयबाट चिट पठाएपछि मात्रै भेट दिने भन्ने चलन थिएन । म सरासर सिधै प्रधानमन्त्री बीपीको कोठामा जान्थेँ । पत्रकार आए भनेपछि उहाँ खुसी हुनुहुन्थ्यो । सोधेको कुरा भन्नुहुन्थ्यो । नबुझे हामीले कपीमा टिपेको हेरेरसमेत यस्तो हो भनेर सच्याइदिनु हुन्थ्यो । 

मेरो साइकल थियो । म बीपीको घरमा गइरहन्थेँ । कतिपटक मैले उहाँलाई खाना खाइरहेको भेटेको छु । उहाँ घ्यूको सोखिन  हुुनुहुन्थ्यो सायद । भाइबुहारी रोषा कोइरालालाई भन्नुुहुन्थ्यो– ए रोषा घ्यू लेऊ न खाऊँ । 

त्यो बेला कांग्रेस निकट पत्रिकाहरु ‘कल्पना’, ‘दियालो’, ‘उज्यालो’ थिए । पञ्चायतले एउटा बन्द गरिदिएपछि अर्को निस्किन्थे । ती पत्रिकामा काम गर्ने पत्रकारहरु बीपीसँग गएर हजुर आफ्नै पत्रिकालाई चाहिँ समाचार दिनुहुन्न, भैरवलाई मात्रै दिनुहुन्छ भन्थे । बीपी भन्नुहुन्थ्यो रे– तिमीहरु आउँदैनौं । म पुर्‍याउन जाने कुरा भएन । भैरव आउँछ त्यसैले उसैले लान्छ । 

(रिसालसँग नरेश फुयाँलले गरेको कुराकानीमा आधारित)


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC