site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाली खाना पारखीलाई कबाबको स्वाद चखाउँदै भिभान्ता, १० दिने फेस्टिभल शुक्रबारदेखि
SkywellSkywell

काठमाडौं । भिभान्ता काठमाडौंले फेरि नेपाली खाना पारखीलाई भिन्नै खानाको स्वाद चखाउने भएको छ । गत महिना ‘डिम सम्म’ फुड फेस्टिभल आयोजना गरेको भिभान्ताले विश्वभरको कबाबको स्वाद आगामी शुक्रबारदेखि १० दिनसम्म आफ्नै परिसरमा रहेको ‘मिन्ट’ मा उपलब्ध गराउन लागेको हो ।

प्रत्येक महिना फरक फुड फेस्टिभल गर्ने भिभान्ताको योजनाअनुसार होटलले नेपाली खाना नभएपनि नेपाली स्वादसँग मिल्ने कबाब उपभोक्तासामू प्रस्तुत गरेको हो । मध्यपूर्वी भाषामा कबाबको अर्थ ‘रोस्ट गर्नु’ अर्थात् ‘पोल्नु’ भन्ने हुन्छ । यो खाना मध्यपूर्वका सैनिकले सयौं वर्षौं पहिले बनाएको बताइन्छ । उनीहरुले तरवारले भेडा, बाख्रा शिकार गरेर त्यसैमा उनेर आगोमा पोलेर खाने चलन सुरु गरेका थिए । अहिले भने विश्वभर स्थानीय स्वादअुनसार कबाब तयार पारिन्छ ।

पहिले भेडा र बाख्राको मात्र कबाब बनाइए पनि अहिले माछा, समुन्द्री खाना, पोर्क, बिफ, पनिर, आलु, फलफूलको पनि कबाब बनाइने गरिन्छ । भिभान्ताले पनि विश्वभरको कबाब स्वादलाई नेपाली खाना पारखीलाई चखाउनका लागि फुड फेस्टिभल आयोजना गरेको हो ।

Dabur Nepal
NIC Asia

फुड फेस्टिभल हरेक साँझ ६ बजेदेखि राति १०:३० सम्म चल्दछ । जसमा उपभोक्ताले तोकेको शूल्क तिरेर असिमित कबाब खान सक्दछन् । यस प्रबर्द्धनात्मक फेस्टिभलमा कबाबको मजा लिन प्रतिव्यक्ति १५ सय रुपैयाँ (करबाहेक) तिर्नुपर्ने छ । अल्कोहलसहित कबाबको स्वाद लिन भने प्रतिव्यक्ति २ हजार रुपैयाँ (करबाहेक) तिर्नुपर्ने हुन्छ । फुड फेस्टिभलको नाम ‘कबाब्स, कबाब एन्ड सरप्राइजेज’ राखिएको छ ।

कबाबलाई सामान्यतया मेने कोर्सको साइड डिस वा स्टार्टर (स्न्याक्स)का रुपमा खाने गरिन्छ । तर, भिभान्ताले यसलाई मेन कोर्सको रुपमा खाने व्यवस्था मिलाएको छ । फेस्टिभलमा कबाब मात्र नभएर उपभोक्ताले फुल बुफे नै पाउने भिभान्तका एक्जुकेटिभ एसिस्ट्यान्ट टु जेनेरल म्यानेजर अन्जुम गुरुङले बताइन् । 

बाह्रखरीसँग उनले भनिन्, “फेस्टिभलमा खानाको स्वाद सलादबाट सुरु गरेर, दैनिक फरक दाल, नान रोटी, तन्दुरी रोटी आदि र अन्त्यमा डेजर्ट (गुलाब जामुन वा गाजरको हलुवा) पनि उपलब्ध हुनेछ ।” फेस्टिफल कबाब मात्र नभएर पूर्ण बुफे डिनर लिन पाउने अवसर पनि रहेको दाबी उनको छ ।

उनले भनिन्, “सेकुवा पनि कबाब नै हो । विश्वभर चलेको कबाबको स्वाद नेपाली उपभोक्तामाझ परिचित गराउन फेस्टिभल आयोजना गरेका हौं ।”

केके उपलब्ध छ ?

१) अफघानी शिख - मटन किमालाई मोल्ड (तीरमा वरिपरि टाँसेर ससेजजस्तो बनाइने) गरेर बनाइने कबाब
२) गलौटी कबाब - किमालाई चपजस्तो बनाएर बनाइने कबाब
३) बोटी कबाब - उर्दुमा मासुको ठूलो टुक्रालाई बोटी भनिन्छ । यो कबाब तन्दुरमा तयार पारिन्छ ।
४) मलाइ टिक्का - दहीको मेरिनेडमा जुसि चिकेन टुक्रालाई झिरमा उनेर तन्दुरमा राखेर तयार पारिने कबाब
५) तङ्गडी कबाब - चिकेन ड्रमस्टिकबाट बन्ने कबाब
६) अमृतसरी फिस - तातो ग्रिडलमा राखेर तयार पारिने अमृतसरी फिसको कबाब
७) सर्सों वाली मछली - माछामा सर्सिउँ (तोरी) र दही राखेर बनाइने कबाब
८) पनीर टिक्का (रातो) - घन आकारको पनिरलाई तन्दुरमा पोलेर बनाइने कबाब
९) अर्बीको शमी कबाब - पिँडालुको कबाब
१०) दही के कबाब

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro