site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अपराधी र भ्रष्ट व्यक्तिको संरक्षण प्रहरीबाट हुनसक्दैनः आईजीपी खनाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कानुनी राज्यमा अपराधी उम्कन नसक्ने र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरी हुनै नसक्ने बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा संचालित २–१७५औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । 

खनालले प्रहरी सेवा विशुद्ध रुपमा व्यावसायिक, अनुशासित एवं मर्यादित सेवा हो भन्ने भावनाले प्रेरित भई नागिरक र प्रहरीबीचको सम्वन्धलाई प्रगाढ तुल्याउन लाग्नुपर्ने बताए । खनालले भने, ‘‘नागरिक र प्रहरी समाजका अभिन्न अंग हुन् । कानुनी राज्यमा अपराधी उम्कने सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरीबाट कहिल्यै हुन सक्दैन ।’’

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले सपथग्रहणको क्रममा लिएका प्रतिवद्वताहरु कदापी नबिर्सि कार्यक्षेत्रमा लाग्नुपर्ने बताए । २०७५ साउन २७ गतेदेखि संचालित उक्त तालिममा ३ सय ५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC