site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शाओमीको रेडमी नोट ७ प्रो नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । शाओमीले नेपालमा रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक गरेको छ । यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट ७ प्रो, रेडमी नोट लाईनको एक उल्लेखनीय अनुवृद्धि  भएको र जसले जीवनको मूल दर्शन र सबैका लागि नवीनतम सृजना ल्याएको बताए । 

रेडमी नोट ७ प्रो अहिलेसम्मकै रेडमी सिरिजको सबैभन्दा शक्तिशाली औरा डिजाइनको बताइएको छ । यसको अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ सँगै रेडमी नोट ७ प्रो स्टाईल तथा फङसन भन्दा भिन्न छ । त्यति मात्रै नभएर ६.३ इन्च, २३४० बाइ १०८० पिक्सेल एलटिपीएस प्यानल भएको डट नोच डिस्प्ले औरा डिजाइनलाई सबैभन्दा शीर्ष बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रेडमी नोट ७ प्रो को पछिल्लो भागमा रहेको गोरिला ग्लास ५ ले गर्दा फोन सबै नयाँ रेन्जका कलरहरु भन्दा अलग छ र क्वालकम क्विईक चार्ज चारलाई समर्थन गर्दछ । यसमा रेडमी नोट ७ प्रो ग्रेडियन्ट डिजाइन जस्ता विशेषता रहेका छन् । यो स्पेस ब्ल्याक, नेबुला रेड तथा नेप्चुन ब्लु कलरहरुमा उपलब्ध रहेको छ । औरा डिजाइनल भएको रेडमी नोट ७ प्रो मा कलर र गोरिला ग्लास ५ मात्र नभएर सम्पूर्ण पूर्जाहरु एकसाथ मिलेर रेडमी नोट ७ प्रोलाई एक सुन्दर कार्यात्मक यन्त्र वा उपकरण बनाएका छन् ।

फोनसँगै शाओमीले प्रयोगकर्तालाई ४८ एमपी फोटो लिन मिल्ने स्मार्टफोन क्यामेरा, रेडमी नोट ७ प्रो प्रस्तुत गरेको छ । यस लाइनको सबैभन्दा शीर्ष सोनी आईएमएक्स ५८६  सेन्सर तथा स्पेक्ट्रा २५० एल आईएसपीको एडभान्स सिग्नल प्रोसेसिंगले गर्दा रेडमी नोट ७ प्रो कुनै पनि ह्यान्डी क्यामेरा भन्दा बढी छ जुन पकेटमा फिट हुन्छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC