site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘नेकपाभित्र अनेकौं दीपक मनाङे छन्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीभित्र अनेकौँ दीपक मनाङे रहेको भन्दै कोकोहोला गर्नु नपर्ने बताएका छन् । आपराधिक पृष्ठभूमि, विगतमा गुण्डागर्दीमा संलग्न प्रदेशसभा सदस्य रहेका मनाङका राजीव गुरूङ उर्फ दीपक मनाङेलाई पार्टीमा भित्र्याएका प्रति उनको कटाक्ष हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– “अनगिन्ती मनाङ्गे पार्टीमा पहिल्यै छन्, थिए । एउटा थपिएको मात्र हो । जाबो एउटा मनाङे थपिँदा केको कोकोहोलो हो कुन्नी ?”

Prabhu Bank
Agni Group
NIC Asia

मनाङे नेकपा प्रवेश गर्न लागेको थाहा पाएपछि रसिया भ्रमणमा रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि आपत्ति जनाएका थिए ।

गुण्डागर्दीमा संलग्न मनाङेले जेलनेल भोगेका छन् । पछिल्लो समय उनलाई अदालतले सफाइ दिएपछि सांसद पद थामिएको थियो । मनाङे मनाङबाट प्रदेशसभामा निर्वाचित सदस्य हुन् ।

Global Ime bank

निर्वाचनका बेला तत्कालीन वाम गठबन्धनले उनलाई अप्रत्यक्ष रूपमा सघाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC