site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा दुई अंकको गिरावट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज ( नेप्से) परिसूचकमा २ दशमलव ७८ अंकको गिरावट आएको छ । बुधबार नेप्से २ दशमलव ७८ अंकले घटेर १ हजार २ सय ५८ दशमलव २९ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६३ अंकले घटेर २ सय ७० दशमलव ८१ अंकमा पुगेको हो । 

नेप्से घटेको दिन बजारमा १ सय ६७ कम्पनीका १४ लाख १३ हजार ३ सय ५७ कित्ता सेयर ५७ करोड १ लाख २३ हजार ४ सय ८७ रुपैयाँमा कारोबार भए । आज बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ४ समूह उकालो लागेका छन् भने ८ समूह ओरालो लागेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उकालो लाग्नेमा ट्रेडिङ् समूह सर्वाधिक २ दशमलव ५३ अंकले उकालो लाग्यो भने जीवन बिमा समूह सर्वाधिक ११ दशमलव १८ अंकले ओरालो लाग्यो । आज बजारमा हिमालयन डिस्टिलरीको कारोबार सबैभन्दा धेरै भयो । यस दिन कम्पनीको सेयर १९ करोड  ४२ लाख ७३ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको हो । 

यसदिन नेपाल एग्रो लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । आज कम्पनीको सेयर ९ दशमलव ९५ प्रतिशतले बढेको हो । त्यसैगरी गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६ दशमलव ३६ प्रतिशत सेयर मूल्य गुमाए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC