site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यदिशा विवादको गाँठो फुकाउन ओली र प्रचण्ड छलफलमा जुटे
Sarbottam CementSarbottam Cement

काठमाडौं । पार्टीभित्र राजनीतिक कार्यदिशामा विवाद चर्किएपछि नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ संवादमा जुटेका छन् । अध्यक्षद्वयबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो । छलफल सकारात्मक रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

भेटवार्तामा राजनीतिक कार्यदिशा र प्रतिवेदन छाप्ने विषयमा देखिएको गत्यावरोध हटाउने प्रयास भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलले विगतमा भएको समझदारीअनुरूप राजनीतिक प्रतिवेदन छापेर बाँड्ने विषयमा छलफल केन्द्रित रहेको र निकास निस्किइनसकेको जानकारी दिए ।

“दुई अध्यक्षबीच संवाद जारी छ, बिहानको बैठकमा पनि राजनीतिक कार्यदिशाकै बारेमा छलफल भयो,” उनको भनाइ थियो । पार्टी एकीकरण गर्दा एकीकृत पार्टीको राजनीतिक–वैचारिक कार्यदिशा जनताको जनवाद राख्ने सहमति भएको थियो । दस्तावेजसमेत तयार पारेर सम्पादनका लागि अध्यक्षद्वयलाई बुझाइए पनि वर्षदिनसम्म छापिएको थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

गत शुक्रबारको सचिवालय बैठकमा प्रतिवेदन छापौं भन्दा अध्यक्ष केपी ओलीले पुनर्लेखन गरेर जनताको बहुदलीय जनवाद राख्नुपर्ने तर्क गरेपछि नेकपाभित्रको अन्तरकलह सतहमा आएको थियो ।

“बैठकमा सबै पक्षले आ–आफ्ना कुरा राख्न पाउँछन् । त्यसैका लागि बैठक आयोजना हुन्छ । तर, पूर्वसहमतिबाट पछाडि फर्कने अनुमति कसैलाई छैन । पूर्वसहमतिबाट पछाडि हट्दा सबैकुरा बिग्रन्छ र पुरानै ठाउँमा पुगिन्छ । एकताको अर्थ रहँदैन,” पूर्वमाओवादी निकट नेता बताउँछन् ।

Global Ime bank

उनले नेकपामा अहिले त्रिशङ्कु समीकरण भएको बताउँदै एकले अर्कालाई निषेध गरेर जान नसक्ने बताए । “नेकपाका अहिले तीन ध्रुव छ । एकले अर्कालाई पेलेर जान सक्दैनन् । अन्ततः मिल्नैपर्छ । राजनीतिक कार्यदिशाको विषय पनि त्यस्तै हो,” उनी थप्छन् ।

ओली प्रचण्ड दुवैलाई ‘ब्याकफायर’

आलोपालो सरकार चलाउने सहमति र कार्यदिशा विवादले सत्ताधारी दल नेकपा तरङ्गित बनेको छ । नेता–कार्यकर्ताबीच ध्रुवीकरण बढेको छ ।  पार्टी एकताको अघिल्लो दिन दुई अध्यक्षबीच समान अवधि सरकार चलाउने सहमतिबारे खुलासा गर्दा प्रचण्ड अप्ठ्यारोमा परेका थिए । प्रचण्डको अभिव्यक्तिले पूर्वएमाले पंक्तिलाई झस्काएको थियो । र, ध्रुवीकरण बढाएको नेकपाका नेता बताउँछन् ।

अहिले पूर्वसहमति भइसकेको राजनीतिक प्रतिवेदनमा जबज थप्नुपर्ने तर्क तेर्स्याएपछि त्यसले ओलीलाई अप्ठ्यारोमा पारेको पूर्वमाओवादी केन्द्रका नेतालाई एकठाउँमा उभिने आधार तयार गरिएको नेकपाका नेता बताउँछन् । “हिजो जे सहमति भएको छ, त्यसको इमान्दार कार्यान्वयन नै आजको आवश्यकता हो । हिजोको ठाउँबाट अघि बढ्ने चेष्टा गरेकैले पार्टी एकता भएको हो, पछाडि फर्कने ठाउँ छैन,” पूर्वमाओवादी केन्द्रका नेता बताउँछन् ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC