site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वनमन्त्रीलाई गगनको आरोप– साहु पोस्नेगरी पर्यटकीय सेवा सञ्चालन कार्यविधि बनाइयो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वनमन्त्री शक्ति बस्नेतले संविधान र ऐन विपरीत ‘यार’ पोस्न खोजेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वन मन्त्रालयले संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमनसम्बन्धी कार्यविधि ०७५ जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको भन्दै त्यसमा आपत्ति जनाएका हुन् । 

उनले संविधानको भावना र ऐनमा भएको व्यवस्था विपरीत कार्यविधि बनाएको भन्दै वनमन्त्री बस्नेतलाई संसदमा बोलाउन पनि सभामुखको ध्यानाकर्षण गराए । “यस्तो कार्यविधि लागु हुनुको अर्थ हो खप्तडमा रिसोर्ट, ढोरपाटनदेखि शिवपुरीसम्म रिसोर्ट र होटल, लाङटाङ, गौरीशंकर, मनास्लु, सगरमाथादेखि रारा तालसम्म होटल रिसोर्टहरु खोल्ने,” सांसद थापाले भने, “यतिमात्र होइन, सभामुख महोदय, यी ठाउँहरुमा केवलकार सञ्चालन हुनेछन्, रापेवे चल्नेछन्, जिप सफारीदेखि लाइट माउन्टेन फ्लाइटसम्म चल्नेछन् । यो सोच नै गलत छ । यसरी दोहन गर्दा कुनै पनि स्रोत बाँकी रहँदैन । स्रोतको संरक्षण गरेर लाभ लिने हो । तत्कालको लाभको निम्ति समग्र स्रोत नै नष्ट गर्ने होइन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले कार्यविधि बनाउँदा मन्त्रीको सोचमात्र नभई नियत नै गलत रहेको पनि आरोप लगाए । संसदले ऐन बनाउने, ऐनमा के गर्ने भनेर तोकिएपछि मात्र नियम र कार्यविधिले कसरी गर्ने भन्ने कुरा तोक्न पाइने भएपनि मन्त्री बस्नेतले त्यसविपरीत ऐनमै नभएको कुरा कार्यविधिमा ल्याएको थापाले जिकिर गरे । 

“पर्यटकीय सेवा, क्रियाकलाप र साहसिक पर्यटन भनेर नयाँ परिभाषा मन्त्रीस्तरबाट कार्यविधिमा थपिएको छ । यो कार्यविधिमा भएको प्रस्ताव माग गर्ने, मूल्यांकन गर्ने विधिले प्रष्ट बनाउँछ यो कसलाई दिने हो भनेर । ‘यार’ पहिले छानिएको छ,” थापाले भने, “केही साहुहरुलाई पोस्नका निम्ति साहुहरुको चाहनामा कार्यविधि बनाएर ऐनलाई छलेर मन्त्रीको स्तरबाट गर्न खोजेको कुरा कार्यविधिलाई हेर्दा प्रष्ट देखिन्छ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC