site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बराहतालको जग्गा अतिक्रमण
Sarbottam CementSarbottam Cement

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहतालको नाममा रहेको जग्गामा बनाइएका संरचना हटाउन गाउँपालिकाले दिएको निर्देशनको स्थानीयवासीले अवज्ञा गरेका छन् । गत फागुनभित्र बराहतालको अतिक्रमण गरिएको जग्गा खाली गर्न गाउँपालिकाले निर्देशन दिएको थियो । 

अतिक्रमण गरी बनाइएका घर–टहरा हटाउन दिएको गाउँपालिकाको निर्देशन स्थानीयवासीले मानेका छैनन् । बराहतालको जग्गामा घर–टहरा बनाएर बसेका स्थानीयवासीले विकल्प खोजेर अन्यत्र सर्न समय मागेकाले घर–टहरा हटाउन ढिलाइ भएको गाउँपालिकाका उपाध्यक्ष गोमा मगरले बताइन् ।  “घर–टहरा हटाउन समय माग गरेका छन्”, उनले भनिन् ।   

Prabhu Bank
Agni Group
NIC Asia

गाउँपालिका भित्रका अन्य सरकारी, गुठीलगायत सार्वजनिक जग्गामा बनाइएका घर टहरा हटाउन निर्देशन दिइएको उपप्रमुख मगरले बताइन् । गाउँपालिकालाई सुन्दर र व्यवस्थित गर्न तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्नका लागि मापदण्ड विपरीतका घर टहरा हटाउने अभियान थालिए हो । 

स्थानीयवासीले कब्जा गरेको बराहतालस्थित शङ्खेश्वरी महादेव मन्दिरको जग्गा अझै फिर्ता गरेका छैनन् । जिल्ला मालपोत कार्यालयले एक दशकअघि अतिक्रमित जग्गा फिर्ता गर्ने फैसला गरेपनि अझै फिर्ता भएको छैन ।   
    
गुठीको नाममा झएको बराहाटार, चालीसे, सावाटारी, बाह्रमुरेलगायतका जग्गा स्थानीयवासीले कब्जा गरेका छन् । बराहाटारस्थित गुठीको जग्गा स्थानीयवासी ढकबहादुर कार्की, शिवकुमार श्रेष्ठ, जुत्तिराम राई, कर्म श्रेष्ठ, भुवन श्रेष्ठ, भरत तामाङ, हर्कबहादुर तामाङलगायतले कब्जा गरेर घर टहरा बनाएका छन् । शङ्खेश्वरी महादेव मन्दिरको नाममा रहेको गुठीको जग्गा बिक्री भइसकेको छ । करिब ५५ रोपनी गुठीको जग्गा पहिले नै बिक्री भइसकेको महन्त गोविन्द गिरीले बताए । उनकाअनुसार स्थानीयवासी बमबहादुर कार्की, तीलक विष्ट, छविलाल पुरी, तिलकबहादुर कटाल, जीतबहादुर विष्ट, कृष्णबहादुर खत्री, शेरबहादुर खड्का, चन्द्रबहादुर खत्री, हीरामाया कार्की, धनमाया थापा, डम्बरबहादुर मगर, बुद्धिमान मगर र नरबहादुर अधिकारीले गुठीको जग्गा आफ्नो नाममा हालेका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ७, २०७६  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC