site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पाकिस्तानी क्याप्टेनले किन मानेनन् प्रधानमन्त्री इमरान खानको सुझाव ?
Sarbottam CementSarbottam Cement

बीबीसी । आईसीसी विश्वकप क्रिकेटमा निकै कमजोर प्रदर्शन गरेको पाकिस्तानी टोलीमा ठूलो फेरबदल हुने अवस्था आएको छ । विश्वकपमा सहभागी १० टिममा पाकिस्तानी टोली अंक तालिकाको नवौं नम्बरमा छ । पाकिस्तानी टोलीले खेलेका पाँच खेलमध्ये एक खेलमा मात्रै जित निकालेको छ । पाकिस्तानी टोलीका खेलाडी मोहम्मद हफीज खराब प्रदर्शनका कारण सबै खेलाडी दुःखी भएपनि बाँकी खेलका जित निकाल्दै सेमिफाइलमा स्थान बनाउन लागिपरेको बताउँछन् ।

सन् १९९२ को विश्वविजेता पाकिस्तान जारी विश्वकपबाट बाहिरिने सम्भावना बढी छ । पाकिस्तानी टोली विश्वकप सेमिफाइनलसम्म पुग्न बाँकी चार खेलको नतिजा आफ्नो पक्षमा मात्रै पार्दै अन्य टोलीको नतिजा समेत कुर्नुपर्नेछ । पाकिस्तानले आफ्नो अर्को खेल आइतबार दक्षिण अफ्रिकासँग खेल्दैछ । हफीज भन्छन्, ‘‘पाकिस्तानलाई अंक तालिकाको नवौं नम्बरमा हेर्नु हाम्रा लागि निकै दुखद् कुरा हो ।’’

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तानले जारी विश्वकपमा इङ्ल्यान्डले दिएको ३४८ रनको ठूलो लक्ष्यविरुद्ध जित निकालेको थियो । जहाँ हफीजले ८४ रनको आक्रामक इनिङ खेलेका थिए । पाकिस्तानको सुरुवात निकै कमजोर भएको थियो । पहिलो खेलमा वेस्ट इन्डिजसँग ७ विकेटले पराजित पाकिस्तान भारत र अस्ट्रेलियासँग पनि हारेको थियो । वर्षाका कारण श्रीलंकासँग भने अंक बाँड्न बाध्य भएको थियो । दक्षिण अफ्रिकासँगै पाकिस्तानले न्युजिल्याण्ड, अफगानिस्तान र बङ्लादेशसँग खेल्न बाँकी छ ।

‘‘म्याच जित्नका लागि पूरै टिमले राम्रो प्रदर्शन गर्न जरुरी छ । व्यक्तिगत प्रदर्शनले मात्रै सबै सम्भव हुँदैन ।’’ ३८ वर्षीय हफीजले भारतसँगको हारपछि भएको आलोचनाबारे भने, “हामी कुनै एक व्यक्तिलाई दोष दिन चाहन्नौं । हारको जिम्मेवारी सबैको हो । मिडियाले चलाएको नकारात्मक अभियानप्रति दुःखी छौं ।’’

Global Ime bank

उनले थपे, ‘‘यहाँसम्म कि खेलाडीका परिवारसम्मलाई निसाना बनाउन थालिएको छ । जब हामी जित्छौं, त्यतिबेला किन जितको चर्चा हुँदैन । मलाई थाहा छ, यो पाकिस्तानका लागि असहज अवस्था छ तर सबै सम्भावना समाप्त भइसकेको छैन ।’’ हफीजले भारतविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णयको बचाउसमेत गरे । तर पाकिस्तानका प्रधानमन्त्री तथा पूर्व क्रिकेटर इमरान खानले पहिले ब्याटिङ गर्ने सुझाव दिएका थिए । १९९२ को वर्ल्डकप जित्दा इमरान पाकिस्तानी टोलीका कप्तान थिए । हफीजले भने, ‘‘यो पूरै टिमको फैसला थियो । कसैले गरेको ट्विटको आधारमा फैसला लिन सकिँदैन । हामीले राम्रो बलिङ गर्न सकेनौं त्यसैले हार्यौं ।’’

पाकिस्तानी टोलीका पूर्व तीव्र गतिका बलर अकीब जावेदले कप्तान सरफराज अहमद गल्तीका लागि पाकिस्तानी टिमको कप्तान बनेको टिप्पणी समेत गरेका छन् । उनले सरफराज कप्तानका लागि योग्य नभएको बताए ।

उनले भने, ‘‘सन् २०१५ बाटै सरफराज टोलीका आफ्नो स्थानका लागि संघर्ष गरिरहेका थिए । उनी गल्तीले कप्तान बने । किनभने बोर्ड हरेक विश्वकपपछि टोलीमा परिवर्तन गर्छ ।’’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement