site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दोस्रो बजारमा सरकारी बचतपत्रको कारोबार गर्ने तयारीमा ऋण व्यवस्थापन कार्यालय

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले धितोपत्र दोस्रो बजारमा सरकारी बचतपत्रको कारोबार गर्ने तयारी थालेको छ । कार्यालयले आफ्नै डोम्स (डीओएमएस) प्रणालीमार्फत् नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग सहकार्य गरी बचतपत्र कारोबार गर्ने तयारी गरेको हो ।

कार्यालयका सूचना अधिकारी डिलाराम गिरीका अनुसार नेप्सेको कारोबार प्रणालीमा नै ‘गभर्मेन्स बण्ड’ भनेर अप्सनको व्यवस्था गरिनेछ । अहिले कार्यालयले नौ प्रतिशत ब्याज दिने वैदेशिक बचतपत्र र आठ प्रतिशत ब्याज दिने नागरिक बचतपत्र खुला गरेको छ । अनलाइन सिस्टममार्फत यी बचतपत्रमा आवेदन दिन सकिनेछ ।

अहिले प्राथमिक बजारमा खुला गरेका यस्ता बचतपत्रहरूको दोस्रो बजारमा कारोबार गराउन सीडीएस एण्ड क्लियरिङ (सीडीएससी), नेप्से र राष्ट्र बैंकसँग छलफल अगाडि बढाइएको छ ।  

केही दिनअघि पनि यी चार निकायको छलफल भएको थियो । दोस्रो बजारमा यस्ता बचतपत्र कसरी कारोबारमा ल्याउने भन्ने विषयमा कुरा भएको कार्यालयका प्रमुख दीर्घराज मैनालीले बताए । उनका अनुसार केही समयभित्र नै बचतपत्रहरू दोस्रो बजारमा हाल कारोबार हुँदै आएका बैंकका ऋणपत्र जस्तै कारोबार हुनेछ ।

सरकारले यसरी निश्चित अवधिका लागि खुला गरेका बचतपत्रमा लगानी गर्दा लगानीकर्ताको लगानीको सुरक्षा हुने मैनालीको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro