site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार 'महाकाण्ड'तर्फ उन्मुख भयो : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार 'महाकाण्ड'तर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

बुधबार नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य महरले कानुनी राज्यमा कुनै पनि सरकार कानुनअनुसार चल्नुपर्ने बताए । तर, वर्तमान सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको उनको आरोप छ ।

सरकारले गृहमन्त्री रवि लामिछानेसहित विभिन्न अपराधमा संलग्नहरूलाई संरक्षण गर्न थालेको उनको भनाइ छ ।

“गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ,” उनले भने । 

नेता महरले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाए जसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे ।

कांग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा, अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक हस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro