site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'कहीँ कोही खेल्न खोजेको छ, सेन्टिमेन्टतिर कुदेर हुँदैन'
Sarbottam CementSarbottam Cement

पोखरा । नेकपा एकता प्रक्रियाको बखतमा गरिएका समझदारीलाई सम्झाउँदै एक अध्यक्ष वा सरकारको परिवर्तनको विषयलाई लिएर केही हप्ताअगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति चर्चित बन्यो । देशका विभिन्न दुई ठाउँमा दिएका भिन्नभिन्न अभिव्यक्तिका आधारमा सरकारको नेतृत्व परिवर्तन गर्ने खालका आशयसहितका टिप्पणीले दुईतिहाई बहुमतको नेकपाको सरकारसहित राजनीतिक सरगर्मी पनि निकै बढ्यो ।

प्रचण्डको अभिव्यक्तिको केहि दिनमै प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘४–५ दिनमै सरकार परिवर्तन हुन्छ’ भन्ने व्यंग्यवाण फर्काए । केही सातासम्म चर्चामा रहेपछि केहि मत्थर भएको उक्त राजनीतिक विषयमा प्रचण्डले बिहिबार फेरि मुख खोलेका छन्, ‘गलत प्रचार भयो भन्ने प्रष्टीकरणका साथ ।’

बिहिबार पोखरामा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त अभिव्यक्ति दुई धारका पार्टीको एकीकरणताका नै सार्वजनिक भइसकेको भन्दै स्पष्टीकरण दिए । प्रेस सेन्टर कास्कीको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले भने, “पार्टी र सरकारको नेतृत्व सञ्चालनका सन्दर्भमा जे कुरा भनेँ, त्यो मैले पहिला भनेको होईन, पहिले नै सार्वजनिक भइसकेको थियो । मैले भनेपछि सुरु भएजस्तो गरेर प्रचार गरियो तर, त्यो सत्य होइन ।”

Prabhu Bank
Agni Group
NIC Asia

यस विषयमा उनले यो संकेत गरे कि, ‘दुईतिहाई बहुमत प्राप्त नेकपा सरकारभित्रै कोही खेल्न खोजिरहेको छ ।’ “पार्टी सञ्चालन र सरकार सञ्चालनको बारेमा पनि हामीले पार्टी एकताको प्रक्रियामा गरेका सहमति, समझदारी र हस्ताक्षर गरेका कुराहरु मैले बोल्नुभन्दा पहिले नै सार्वजनिक भईसकेका थिए ।” उनले थपे, “यहाँ कहिँ न कहिँ, कोही न कोही खेल्न खोज्या छ भन्ने कुरा बुझ्नुपर्यो, पहिले मैले आलोपालो र पछि ५ वर्ष भनेँ भन्ने कुरा पनि सत्य होईन ।”

सहमति जेसुकै भएतापनि अब बदलिएको नयाँ परिस्थितीमा सहमतिले पाँचै वर्ष सरकार जान्छ, जान सक्छ भन्ने कुरा पनि राखेको तर चर्चा चाहिँ एउटा पाटोलाई मात्र गरिदिएको उनले बताए । यसले गर्दा भन्न खोजेको कुराको चुरो कुरो त भाँच्चिएको, कुच्चिएको र त्यो गलत भएको उनको भनाइ छ ।

Global Ime bank

“हिजो जेसुकै भएपनि अर्को सहमति, सहमतिले जे पनि त गर्न सकिन्छ नि भन्ने कुरा मैले धरानमा दोहोर्याएको हो, तर चिज कसरी आयो भने २ दिन अघि एउटा र पछि अर्को भन्यो भन्याजस्तो गरि प्रचार भयो त्यो सत्य होइन,” उनको स्पष्टीकरण थियो ।

एकता प्रक्रियाको विषयमा बोल्दै उनले त्यतिबेला गरिएका प्रतिबद्धतालाई हल्काफुल्का ढंगले दायाँबायाँ गर्ने छुट कसैलाई नभएको स्मरण गराए । “यहाँ कसैले पनि एकता प्रक्रिया र एकताको बेलामा गरिएका हाम्रा प्रतिबद्धताहरुलाई हल्काफुल्का ढंगले दायाँबायाँ गर्ने छुट कसैलाई छैन । त्यसो गर्नु, हिजो चाहिँ पार्टी एकता नै नगरेको भए त जेजे गरेपनि हुन्थ्यो आफ्ना आफ्ना कुराहरु थिए । पार्टी एकता गरेर जनताले अनुमोदन गरिसकेपछि र जिम्मेवारी लिएर सरकारको नेतृत्व गर्ने ठाउँमा हामी पुगिसकेपछि फेरि त्यो प्रक्रियाभन्दा बाहिरबाट या, हिजो भएका समझदारी, सहमति या संकल्पबाट बाहिर गतिविधी जसले गरेपनि त्यो सहि होईन । यो जनता र राष्ट्रको अहितमा हुन्छ,” उनले भने ।

सबै विधेयक फिर्ता हुँदैनन्
लामो समयदेखि देशभर पत्रकारहरु आन्दोलनरत छन् । पत्रकारहरु आन्दोलित बन्नुको कारण सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक हो । उक्त विधेयकका केही प्रावधानहरुप्रति पत्रकारहरुको असहमति छ, र सच्याईनुपर्ने माग राखेका छन् ।

सोही विधेयकको सम्बन्धमा जिज्ञासा राखेपछि प्रचण्डले, ‘सबै विधेयक फिर्ता नहुने’ बताए । यसलाई संसदीय प्रक्रियामार्फत हल गर्न सकिने उनले बताए । “यी विधेयकहरुमा जे कन्सर्नहरु उठेका छन्, एउटा छ, संसदीय प्रक्रियाद्वारा परिमार्जन र संशोधनद्वारा टुंग्याउने । अब, सबै फिर्ता लिने भन्नेतिर जानु पनि हुँदैन । त्यसो गर्दा पनि फेरि अर्को समस्या बल्झिने खतरा हुन्छ । मिडिया काउन्सिल भन्नुस् वा अरु विधेयकहरु संशोधनकै प्रक्रियाबाट हल गर्न सकिने प्रकृतिका छन् ।”

गुठी विधेयकमा सेन्टिमेन्टतिर कुद्ने काम भयो ।
व्यापक विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । विधेयक फिर्ता भएतापनि काठमाडांैमा बुधबार विधेयकको विरोधमा व्यापक जनसागर उर्लियो । प्रचण्डले आफू र प्रधानमन्त्रीको छलफलपछि विधेयक फिर्ता लिर्ने निर्णय भएको बताएतापनि विधेयकको प्रावधन र उद्देश्यभन्दा पनि सेन्टिमेन्टतर्फ कुद्ने काम भएको बताए । 

“गुठीको कुरालाई लिएर काठमाडांैमा जेजस्तो वातावरण बन्यो मैले प्रधानमन्त्रीसँग छलफल गरेर फिर्ता लिनुपर्छ भन्ने उचित लाग्यो । गुठी विधेयक फिर्ता भईसकेको छ अब नयाँ शिराबाट विधेयक निर्माण प्रक्रिया अगाडि बढ्छ । हामीले महसुस गरेको यो हो कि, विधेयकभित्र प्रावधान के छन्, उद्देश्य के हो ? सबैलाई समयमा नै बुझाउनुपर्नेमा केही कमि रह्यो,” उनले भने, “त्यहाँ के छ भन्नेतिर हेर्नुभन्दा पनि विधेयकभित्र यथार्थमा के चाहिँ चिज छ भन्नेभन्दा पनि एउटा सेन्टिमेन्ट जस्तो आउने र त्यसैमा कुद्नेजस्तो भयो । सम्बन्धित स्टेकहोल्डरसँग सल्लाह, सुझाव, पार्टीभित्र पनि पर्याप्त गृहकार्य पनि अपुग भएको देखापर्यो ।”

विधेयक फिर्ता लिएर नेकपाको सरकारले जनभावनको कदर गरेको उनले बताए । “गृहकार्यमा कमी ल्याईएका विधेयकलाई पनि ठिक तरिकाले बुझाउने कुरामा एकखालको सेन्टिमेन्ट देखियो र सरकारले जनताको भावनालाई बुझ्दै फिर्ता लियो । यसले जनभावनाको कदर गरेको छ, पेलेर जानेतर्फ छैन भन्ने देखाएको छ । अन्य विधेयकहरुको हकमा पनि संसदीय प्रक्रियामार्फत परिमार्जन संशोधन गर्ने छौँ,” उनको भनाइ थियो ।

पार्टी एकता शनिबार टुंगिन सक्छ
प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको सांगठिनक एकता अझै टुंगिईसकेको छैन् । तोकिएको समय पनि घर्किसकेको छ तर, नेकपा नेतृत्वले भने यसलाई छिटै अन्तिम रुप दिने बताउँदै आएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डले शनिबार सचिवालय बैठक बस्ने र यसलाई अन्तिम रुप दिन सकिने संकेत गरे । “धेरैजसो कुरा टुंग्याएका छौँ, बाँकी रहेको केन्द्रिय समितिको कार्यविभाजनदेखि केन्द्रिय विभाग, आयोग र संरचनाहरु बाँकी रहेका बनाउने कार्य अन्तिम चरणमा छ । हिजोमात्रै पनि हामी दुई अध्यक्षबिचमा लामो कुराकानी गरेर एकचोटि फेरि धक्का दिएर जानुपर्छ र सबै टुंग्याइदिनुपर्छ भन्ने भएको छ । यहाँबाट फर्केर गएपछि त्यो टुंग्याउने प्रक्रियामा छौँ । पर्सिको दिन सचिवालयको बैठक बसेर यसको समापन गर्नेतिर हाम्रो प्रयास छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC