site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा सांसद महतले भने - गृह मन्त्रालय ‘अजिंगरजस्तो’, नजिक आए खाइदिने, टाढा गएर शिकार नगर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महतले गृह मन्त्रालयलाई 'अजिंगर' को संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै नेकपाका सांसद महतले अधिकार धेरै भए पनि गृहमन्त्रालयले त्यसको उपयोग गर्न नसकेको बताएका छन् । उनले भने, “म त गृहमन्त्रालय कस्तो देख्छु भने ‘अजिंगर’ जस्तो । नजिक आए खाईदिने टाढा गएर शिकार नगर्ने । अहिले हाम्रो गृह मन्त्रालय यस्तो छ । ”

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयले राम्रोसँग काम नगर्दा सर्वसाधरण सरकारले नै प्रतिबन्ध लगाएको विप्लव समूहसँग न्याय खोज्न जाने गरेको खुलासा समेत उनले गरे ।  

उनले भने, “७७ वटै जिल्लाका सीडीओ छन् । प्रहरी प्रमुखहरु छन् । उनीहरुलाई निर्देशन दिने हो भने धेरै काम हुन्छ । भ्रष्टाचार आधा कम हुन्छ । जनताको आधा समस्या हल हुन्छ । मान्छेहरुले विप्लवकोमा ‘ओइ मेरो मुद्दा हेरि दे’ भन्न जानु पर्दैन ।”

Global Ime bank

भ्रष्टाचार नियन्त्रणमा अहिले पनि कमी नआएको भन्दै उनले जनताको र देशको पक्षमा काम गर्ने सिडिओ पठाउने व्यवस्था गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए । उनले भने, “गृह मन्त्रालयले चाह्यो भने दुई तिहाईको सरकारलाई चाँडोभन्दा चाँडो रिजल्ट दिनसक्छ । यो त न जनतासँग जोडिएको छ । न जनप्रतिनिधिसँग जोडिएको छ । कसरी चलिरहेको छ ?

उनले क्षमतावान व्यक्तिहरुलाई जिल्ला पठाउन पनि सरकारलाई सुझाव दिए । उनले भने, “सीडीओ अलि छानेर पठाउनुपर्‍यो नि । नेकपाको प्रतिनिधि पठाउनु भन्या होइन । अलि क्यापेबल पठाउनुहोस् । त्यहाँ गएर खाली चिया खाएर गफ गर्ने, गाई चराउन जाने सिडिओ हामीलाई चाहिएको छैन । हामीसँग टक्कर दिने सिडिओ चाहियो क्या ।”

सांसद महतले नेपाल टेलिकमका कर्मचारीले एनसेलसँगको मिलेमतोमा आफ्नो सेवाको गुणस्तरमा कमी ल्याउने काम गरेको उल्लेख गर्दै त्यसतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC