site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल शान्तिपूर्ण देशको ७६ औँ स्थानमा, भारत अशान्तको सूचीमा–आइसल्याण्ड सबैभन्दा अगाडि 
Sarbottam CementSarbottam Cement

एजेन्सी । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीले विश्व शान्तिको २०१९ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ । आईईपी एक स्वतन्त्र, गैर पक्षपातपूर्ण, गैर–लाभकारी अनुसन्धान संस्था हो जुन विश्वमा शान्ति, सकारात्मकताप्रति सबै राष्ट्रलाई केन्द्रित गराउन समर्पित रहेको छ । आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो जसमा यसले १६३ स्वतन्त्र राष्ट्रहरुमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायत २३ संकेतकहरुको आधारमा मूल्याङ्कन गरि सूचित गर्ने गरेको छ । यस्तोमा पाँच वर्षपछि पहिलोपटक विश्व शान्तिको स्तरमा सुधार आएको रिपोर्टले देखाएको छ । २०१९ को रिपोर्ट अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कदै गएको पाइएको हो । 

सूचीमा आइसल्यान्ड पहिलो स्थान कायम राख्न सफल भएको छ जहाँ अपराधको स्तर अत्यन्तै कम र सुरक्षाको उच्च अवस्थामा रहेको बताइएको छ । रिर्पोटका अनुसार आइसल्यान्डमा प्रतिएक लाख मानिसमा वार्षिक १८ जनाको हत्या हुने गरेको छ । त्यस्तै दोस्रोमा न्युजिल्यान्ड त्यसपछि पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष दशमा रहेका छन् । स्वीट्जरल्यान्ड ११ मा छ भने दक्षिण एसियाबाट भूटान १५ र मलेशिया १६ अनि ताइवान ३६ मा,  इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र  श्रीलंका ७२ औं स्थानमा रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

शान्तिमा सबैभन्दा अगाडि रहेको युरोपेली क्षेत्र अन्र्तगत बेलायत पनि यो वर्ष पाँच स्थान अगाडि ४५ मा आएको छ । २०१८ मा युरोपमा हत्या लगायतका हिंसा सबैभन्दा चरम अवस्थामा पुगेको बताइएको छ । यता अमेरिका पनि चार स्थान तल १२८ औँ स्थानमा पुगेको छ ।

 

Global Ime bank

यो पटकको सूचीमा दक्षिण एसियाली क्षेत्रमा भने ठूलो सुधार देखिएको छ जसका लागि नेपाल, पाकिस्तान र भूटानलाई श्रेय दिइएको हो । दुई स्थानमाथि आउँदै १५ औँ मा पुगेको भूटानले शान्तिका चार संकेतमा राम्रो अंक प्राप्त गरेको छ र पुलिस दर र अतिक्रमण दरमा मात्र यसको स्कोर दुई भन्दा कम रहेको छ ।  रिपोर्टमा जनाइएअनुसार दक्षिण एसियामा अन्य क्षेत्रको तुलनामा आपराधिक समस्या कम छ र राजनीतिक रुपमा मात्र अशान्त रहेको छ । नेपाल भने यो वर्ष १२ स्थानले माथि आउँदै ७६ औं मा पुगेको छ । दक्षिण एसियामा भूटान र श्रीलंकापछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण मुलुक हो । नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ । तर यता भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन योवर्ष चार स्थान तल १४१ औं मा पुगेको हो । त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ औं मा रहेको छ । रुस यसको ठीक तल १५४ औं स्थानमा रहेको छ । चीन पनि नेपाल भन्दा तल ११० औँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ । 

यो वर्ष अफगानिस्तान सिरियालाई प्रतिस्थापन गरि विश्वकै सबैभन्दा अशान्त देश बन्न पुगेको छ । यसपछि दक्षिण सुडान, अफ्रिकन रिपब्लिक इराक र कङ्गो पनि सबैभन्दा अशान्त देशहरुमा पर्दछन् । हाल युद्ध जारी रहेका मुलुकमा  सिरिया, अफगानिस्तान, यमन, दक्षिण सुडान र पाकिस्तान रहेका छन् भने सैनिकीकरण धेरै भइरहेको देशमा इजरायल, रुस, अमेरिका, उत्तर कोरिया र फ्रान्स रहेका छन् । 

यसरी २०१९ को रिपोर्टमा सबैभन्दा धेरै स्थानले माथि आउने देशहरुमा रुवान्डा, नर्थ मेकेडोनिया, जोर्डान, ग्रिस, इन्डोनेशिया, नेपाल, ताजकिस्तान, कतार, इस्वातिनी रहेका छन् । त्यस्तै सबैभन्दा खराब प्रस्तुती निकारागुवाको रहेको बताइएको छ जुन ५४ स्थानले तल झरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC