site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
के तपाईं भातसँगै मासु र अन्य तरकारी खानहुन्छ ? ब्लड सुगर उच्च हुन सक्छ
Sarbottam CementSarbottam Cement

हाम्रा अघिल्तिर कुनै खानेकुरा छ भने त्यसलाई कुन क्रममा खाने भन्ने विषयलाई हामी उतिविधि ध्यान दिँदैनौं । तर त्यसले ब्लड सुगर बढाउन सक्छ । क्रम नमिलाई गरिएको भोजनले टाइप-२ डायबिटिज (मधुमेह) बढाइदिन सक्ने पछिल्लो अध्ययनले देखाएको छ । यो अध्ययनलाई बाल्टिमोरमा ‘पोषण २०१९’ को बैठकमा प्रस्तुत गरिने भएको छ । 

लामो समयसम्म संयुक्त राज्य अमेरिकामा २७१७ जना युवामा गरिएको अध्ययन, जसले(युवा) २० वर्षमा आफ्नो भोजनमा फलफूल, सागसब्जी, गेडागुडी र वनस्पति तेलको मात्रामा वृद्धि गरे तीमध्ये ६० प्रतिशतमा मधुमेहको जोखिम कम देखियो । यस्ता पदार्थ नखाने युवामा टाइप–२ मधुमेहको जोखिम देखिएको थियो । अध्ययनको निष्कर्षमा सुझाव दिइएको छ– अधिक सागपातयुक्त खानेकुराको प्रयोगले मधुमेह रोक्न मद्दत गर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्य निष्कर्षमा पनि सुझाव दिँदै भनिएको छ– भोजन या पूरक आहारबाट भिटामिन बी २ र बी ६ को उच्च प्रयोग गर्ने व्यक्तिमा टाइप–२ मधुमेहको जोखिम अत्यन्तै कम हुन्छ । दुई लाखभन्दा बढी मानिस सम्मिलित अध्ययनबाट के स्पष्ट भएको छ भने, खाद्य पदार्थबाट भिटामिन बी १२ को उच्च उपभोग गर्नुले टाइप–२ मधुमेहलाई निकै बढाइदिन्छ, यस्तो भिटामिन पशुबाट उत्पादन हुने खानेकुरामा बढी पाइन्छ । 

यतिमात्र होइन, एउटा अर्को अध्ययनले भोजन गर्ने क्रमलाई पनि महत्व दिएको छ । मिलाएर भोजन खान सक्दा ब्लडसुगर बढ्न पाउँदैन । अध्ययनमा के पाइयो भने, सुरुमा भात त्यसपछि एउटा तरकारी र मासु खाँदा अन्य अनुक्रममा खाएको भन्दा बढी ब्लडसुगर उत्पन्न हुन्छ । 

Global Ime bank

अध्ययनको निष्कर्षले भन्छ– खाना खाएपछि ब्लडसुगर कम गर्न सरल तर प्रभावकारी तरिका अपनाउनुपर्छ । यसले मधुमेहको सङ्क्रमणलाई रोक्छ । दैनिक खानेकुरामा सागपातको मात्रा लामो समयसम्म उपयोग गर्न सक्दा मधुमेहको सम्भावनालाई टाढा धकेलिदिन्छ ।  

के हो टाइप–२ डायबिटिज

मधुमेह मानव शरीरको एउटा समस्या हो, यसले शरीरमा चिनी (सुगर)को मात्रा अधिक हुन पुग्छ । यसलाई हाइपरग्लाइसेमिया पनि भनिन्छ । टाइप–२ डायबिटिज, मधुमेहको आम रुप हो । तपाईंलाई टाइप–२ मधुमेह छ भने, तपाईंको शरीरले इन्सुलिनको सही उपयोग गर्न सक्दैन । यसलाई इन्सुलिन प्रतिरोध भनिन्छ ।  

(दि इकोनोमिक टाइम्समा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC