देश
काठमाडौं । त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचारका लागि आएका बिरामीलाई निजी अस्पतालमा पठाएको भन्दै नेकपाका सांसद देवप्रसाद गुरुङले संसदमा ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा गुरुङले स्वामित्वमा रहेको अस्पतालले आफैं उपचार गनुपर्नेमा निजीमा पठाउने गरेको भन्दै आपत्ति जनाए । त्यसले निजी अस्पतालको एजेन्टको भूमिकामा सरकार अस्पताल देखिएको उनको भनाइ छ । उनले भने, “यस्तो विकृति छ । यसलाई अविलम्ब नियन्त्रण गरियोस् ।”
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६ १३:३६
प्रतिक्रिया दिनुहोस्