site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘सरकारको नेतृत्व आलोपालो नै हुन्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा( का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व आलोपालो नै हुने बताएका छन् । पार्टी कामका सिलसिलामा बुधबार चितवन पुगेका अध्यक्ष प्रचण्डले भने, “सबै कुरा थाहा पाउनुभएकै छ । सहमतिअनुरूप हुन्छ । पटकपटक मेरो मुखबाट किन बोल्न लगाउनुहुन्छ ?”

उनले पार्टीभित्र पर्याप्त छलफल नगरी विधेयकहरु ल्याइएकाले विरोधको सामना गर्नुपरेको बताए । “विधेयकका सन्दर्भमा तयारी राम्रो पुगेन । जति गृहकार्य भएर विधेयक आउनुपर्थ्यो,, त्यो नपुगेकै हो । सरकार, पार्टी यसमा सतर्क भएको छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले लोकसेवाको कर्मचारी भर्ना प्रक्रियाबारे संसदीय समितिले एक खालको निर्णय गरेको बताउँदै प्रधानमन्त्री फर्किएपछि छलफल गरेर सकारात्मक ढंगले टुंग्याउने बताए ।

गुठी विधेयकका सन्दर्भमा भने आन्दोलनरत पक्षसँग वार्ता, छलफल गरी परिमार्जन गरिने उनले स्पष्ट पारे । 

Global Ime bank

भरतपुर महानगरपालिका–१६ मा बन्न लागेको क्रिकेट रंगशाला  देशकै गौरवको आयोजना भएकाले केही उल्झन, साना–मसिना समस्या आउने बताउँदै सबैसँग सहमति, छलफलबाट टुंगो लगाइने उनको भनाइ थियो ।
उनले तीन नम्बर प्रदेशको स्थायी मुकाम र नामाकरणका बारेमा पार्टीमा छलफल भइराखेको बताउँदै विभिन्न विकल्प अघि सारिएको बताए ।

“एउटा सोच के छ भने, जे पहिला निधो भयो, कमसेकम पाँच वर्षका लागि त्यहीँ कायम राखौँ कि भन्ने मत पनि छ, यसमा छलफल जारी छ,” उनले भने ।

पार्टीको जिल्ला इन्चार्ज, सहइन्चार्जलगायत कतिपय कार्यविभाजन अब प्याकेजमा टुंगो लगाइने उनले बताए । “विशेष कमिटी, जनसंगठनहरूको इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय निकाय सबै एकैपटक प्याकेज नै सचिवालयमा प्रस्तुत गर्ने तयारी छ, प्रधानमन्त्री फर्किएपछि बैठक बसेर टुंग्याउँछौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC