site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा झिनो सुधार, कारोबार रकम ४८ करोड 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जन (नेप्से) परिसूचकमा शुन्य दशमलव १७ अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचकमा शून्य दशमलव १७ अंकले घटेर एक हजार दुई सय ७५ दशमलव ९९ पुगेको हो ।
 
नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ४० अंकले बढेर २ सय ७२ दशमलव ८६ पुगेको छ । नेप्से बढेको दिन बजारमा १ सय ७४ कम्पनीका १५ लाख ९ हजार ८ सय ८५ कित्ता सेयर ४८ करोड ८ लाख ७६ हजार ९ सय ८९ रुपैयाँमा कारोबार भए । 

बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ६ समूह उकालो लागेका छन् भने बाँकि ६ समूह नै ओरालो लागेका छन् । यसदिन ट्रेन्डिङ समूह सर्वाधिक ७ दशमलव ६९ अंकले उकालो लाग्यो भने निर्जीवन बीमा सर्वाधिक ४८ दशमलव ३१ अंकले ओरालो लाग्यो । 

सेयर बजार घटेको दिन बजारमा शिवम सिमेन्टको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ३ करोड ७८ लाख २४ हजार ५ सय २७ रुपैयाँमा किनबेच भएका छन् ।
 
नेप्सेमा सुधार आएकै दिन पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर ९ दशमलव ५२ प्रतिशतले बढेको हो । त्यसैगरी नेपाल हाइड्रो डेभ्लोपर्सका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ६१ प्रतिशतले सेयर मूल्य गुमाए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC