site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा ४ अंकको गिरावट, कारोबार रकम ५८ करोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम दिन बिहीबार बजारमा सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जन (नेप्से) परिसूचकमा ४ दशमलव ६९ अंकको गिरावट आएको छ । साताको पहिलो दिन बढेको सेयर बजार त्यसयता निरन्तर ओरालो लागेको हो ।

बिहीबार नेप्से परिसूचक ४ दशमलव ६९ अंकले घटेर १ हजार २ सय ८४ दशमलव ५९ पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९७ अंकले घटेर २ सय ७५ दशमलव ८९ पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार बजारमा १ सय ७२ कम्पनीका १८ लाख ५९ हजार २ सय ४८ कित्ता सेयर ५८ करोड ८८ लाख २२ हजार ६ सय २५ रुपैयाँको कारोबार भयो । नेप्से घटेको दिन कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ५ उपसूचक उकालो लागेका छन् भने बाँकी ७ समूह ओरालो लागेका छन् । आज फाइनान्स समूह सर्वाधिक १८ दशमलव ५५ अंकले उकालो लाग्यो भने जीवन बीमा सर्वाधिक ८५ दशमलव २४ अंकले ओरालो लाग्यो । 

सेयर बजार घटेको दिन बजारमा शिवम् सिमेन्टको सेयरको कारोबार सबैभन्दा धेरै भयो । यस दिन कम्पनीको सेयर ७ करोड ७६ लाख ९७ हजार २ सय ८७ रुपैयाँमा किनबेच भएका छन् । 

Global Ime bank

यस दिन कर्पोरेट डेभलोमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यस दिन बैंकको सेयर ९ दशमलव ६५ प्रतिशतले बढेको छ । त्यसैगरी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ५ दशलव १० प्रतिशत सेयर मूल्य गुमाए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC