site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विज्ञको अभावमा उपत्यकामा चुक्यो विप्लवको मिसन ! माइला लामा खोज्दै प्रहरी
Sarbottam CementSarbottam Cement

७ वर्षअघि रोल्पामा हालका गृहमन्त्री रामबहादुर थापासँग माइला लामा । फाइल तस्बिरः माइला लामाको फेसबुक 


काठमाडौं । विभिन्न स्थानमा बम राखेर जनतामा त्रास फैलाउने र राज्य संयन्त्रलाई तर्साउने नीति लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गएको आइतबार काठमाडौं उपत्यकामा गरेको विस्फोट आफ्नै लागि प्रत्युत्पादक बन्यो । आइतबार सुकेधारा र अनामनगरमा भएका शृंखलाबद्ध बम विस्फोटमा चार जनाको ज्यान गयो । आठजना पक्राउ परेका छन् । ज्यान गुमाउने सबै विप्लव समूहकै सदस्य रहेको अनुसन्धानबाट पुष्टि भइसकेको छ । नेपाल बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान विस्फोट गराउने योजना अनुसार राजधानीका १० स्थानमा विप्लव समूहको टोली तैनाथ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, योजनाअनुसार काम हुन सकेन । अनामनगरको घट्टेकुलो र सुकेधारामा बम विस्फोटमा चारजना कार्यकर्ता मारिए । जसमा गोकुल रानामगर सैन्य कमान्डर थिए । दाङ घर भएका गोकुल २०५८ मै तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए । उनी विप्लव समूहका सैन्य कमान्डर थिए । लामो समयपछि बम बनाउन लाग्दा ज्ञानको अभावमा विस्फोट भएको प्रारम्भिक अनुसन्धानको निष्कर्स छ ।

“कम्तीमा १८ स्थानमा प्रेसर कुकर बम राख्ने पार्टीको योजना थियो । त्यो मान्छे मार्ने उद्देश्यमा केन्द्रित थिएन । तर बनाउँदा बनाउँदै हाम्रै साथीहरु परे । प्रायः बम राख्ने समूहका नयाँ र ज्ञान नभएका व्यक्तिहरु थिए,’’ विप्लव समूहका एक नेताले भने । कोटेश्वरबाट चार प्रेसर कुकर बमसहित समातिएका ६ जनाले पनि ती कुकरमा बारुद भर्ने र विभिन्न स्थानमा राख्ने योजना तय भएको बयान दिएका छन् । 

Global Ime bank

प्रहरी अधिकारीको भनाइलाई आधार मान्ने हो भने विप्लव समूहका हातहतियारसम्बन्धी विज्ञ सबैजसो जेलमा छन् । थोरैमात्र बाहिर छन्, जसलाई प्रहरीले खोजिरहेको छ । २० फागुन ०७५ मा सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि ४२६ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ७१ जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ८७ जनामाथि अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल बताउँछन् । प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेका विप्लव समूहका नेता–कार्यकर्ताले बयानका क्रममा विस्फोटको योजनाबारे खुलाएका छैनन् । एक अधिकारीले भने, ‘‘सबै काठमाडौं बाहिरबाट आएका छन् । तर यो टाइम बम नभएर कुकर बम भएको पुष्टि भने भएको छ । पक्राउ परेकाहरुबाट अनुसन्धान थप बलियो हुनेछ ।’’

माइला लामा खोज्दै प्रहरी
काठमाडौंको सीतापाइलाका माइला लामा विप्लव समूहको उपत्यका व्युरो प्रमुख हुन् । काठमाडौंमा हुने सबै योजना माइलाकै निर्देशनमा हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्षसमेत थिए । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए ।

मोहन वैद्यको नेतृत्वमा तत्कालीन एकीकृत माओवादी विभाजन भएपछि लामा पनि वैद्य समूहमै लागे । वैद्य समूहबाट विप्लव अलग्गिएसँगै लामा पनि उतै गए । त्यसपछि उनलाई विप्लव नेकपाको उपत्यका हर्ने जिम्मेवारी दिइयो । लामा गीतसंगीतमा रुची राख्ने व्यक्ति हुन् । विप्लव नेकपामा माइला लामाले पार्टी र अपरेसनको नेतृत्व गर्न नसक्ने भन्दै पार्टीभित्र विरोधसमेत भएको थियो । आइतबारको विस्फोटमा आफैंतिर क्षति भएपछि माइला लामामाथि थप दबाब पार्टीभित्रबाटै बढेको छ ।

विप्लव समूहको काठमाडौं जिल्ला इञ्चार्ज भने भृकुटी उपनामले चिनिने धिरिन्द्रा उपाध्याय हुन् । उनी तत्कालीन माओवादीको कोटामा कालीकोटबाट समानुपातिक सभाषदसमेत भएकी थिइन् । विप्लव समूहले हेमन्तप्रकाश वली ‘सुर्दशन’ पक्राउ परेपछि मध्यकमाण्डको जिम्मेवारी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दिएको छ । बीचमा केही समय प्रकाण्डलाई जिम्मेवारीविहीन बनाइएको थियो । पछिल्लो समय पार्टीका सबै धारणा विप्लवले नै विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC