काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङलाई बाहिर राख्दै नेपालमा आयोजना हुने १३ औं संस्कर दक्षिण एसियाली खेलकुद (साग) को लागि २५ सदस्यीय नेपाली महिला राष्ट्रिय भलिबल टोलीको प्रारम्भिक टोली घोषणा भएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगीतालाई आधार बनाएर नेपाल भलिबल संघले नेपाली टोलीको घोषणा गरेको हो । अनुभवी मानिएकी पूर्व राष्ट्रिय टोलीकी खेलाडी खेलाडी नेविका चौधरी र कोपिला उप्रेतीलाई पनि बाहिर राखेको छ ।
प्राराम्भिक टोलीमा नयाँ अनुहारले भने स्थान बनाएका छन् । विभागीय टोलीबाट १५ र प्रदेशका टोलीबाट १० खेलाडीसहित कुल २५ खेलाडी प्रारम्भिक छनोटमा छन् ।
प्रारम्भिक टोलीमा एपीएफकी सरस्वति चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, उषा भण्डारी लक्ष्मी कुमाल, शान्ति थारु, पुष्पा शाही, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, सोफुया पुन कविता भट्ट, हिरा केसी, उषा विष्ट, रेश्मा भण्डारी, चन्द्रकला खरेल रहेका छन् । त्यस्तै संगम महतो, ममता डगौरा, जानकी भण्डारी, अरुणा शाही, सरस्वति कट्टेल, कमला पुन, सलिना श्रेष्ठ, शान्ति तामाङ, यामकली कुँवर ।