site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१५ वर्षदेखि लागुऔषधको कारोबार गरिरहेकी ५३ वर्षीया तिलकुमारी

काठमाडौं । इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले करिब एक महिनाअघिदेखि लागुऔषध दुर्व्यसनीविरूद्ध अपरेसन चलाइरहेको छ । तुलसीपुर प्रहरी प्रमुखमा प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल ठकुरीले कमाण्ड सम्हालेपछि लागुऔषध दुर्व्यसनीविरुद्धको अपरेसन चलाएका हुन् ।

प्रहरी निरीक्षक हुँदा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी परिसर काठमाडौंको सादा पोसाकमा लामो समय काम गरेका डीएसपी ठकुरीले कमाण्ड सम्हालेपछि तुलसीपुरका स्थानीयसँग परामर्श गरे ।

डीएसपी ठकुरीले परामर्शमा भनेका थिए, ‘‘तुलसीपुरको शान्तिसुरक्षा कायम गर्न प्रहरीको तर्फबाट के गर्दा ठीक हुन्छ ? यहाँ के कारणले सुरक्षा चुनौती छन् । म नयाँ कमाण्डर भएर आएको छु । तपाईंहरूको पनि सहयोग चाहिन्छ ?’’

Dabur Nepal
NIC Asia

डीएसपी ठकुरीका कुरा सुनेका स्थानीयले प्रतिक्रिया जनाइहाले, ‘‘तुलसीपुर अधिक लागुपदार्थ प्रयोगकर्ता छन् । उनीहरूबाट ज्यान मार्नेसम्मका घटना भएका छन् । कसरी हुन्छ, यो रोक्नु पर्‍यो, डएसपी सा’प हामी तपाईंलाई सहयोग गर्न तयार छौँ ।’’

स्थानीयको कुरा सुनेपछि डीएसपी ठकुरीले पुराना मुद्दालाई समेत पल्टाए । मुद्दा हेर्दा स्थानीयले भनेजस्तै अधिकांश घटना लागुऔषध प्रयोगकर्ता कै थियो । ठूलै मात्रैमा लागुऔषधसहित पक्राउ गरेको घटना नभए पनि अधिकांश लागुऔषधकै थिए ।

लागुऔषधको दुर्व्यसनीमा परेका युवालाई मुक्त गर्न उनले अपरेसन चलाउने निर्यण गरे । लागुऔषधविरुद्धको अपरेसन चलाएको एक महिना नबित्दै डीएसपी ठकुरीको टोली १५ जना लागुऔषध प्रयोग गर्ने युवालाई पक्राउ गर्न सफल भयो ।

तर, प्रहरीको उद्देश्य प्रयोगकर्तालाई मात्रै पक्राउ गर्नु थिएन । युवालाई लागुऔषध बिक्री गर्ने गिरोहसमेत ध्वस्त पार्नुथियो । त्यही उद्देश्यअनुसार पक्राउ परेकाहरूलाई उनीहरूले प्रयोग गर्ने लागुऔषध कहाँबाट आउँछ भनेर प्रहरीले खोल्न थाल्यो । 

पक्राउ परेका अधिकांश युवाले आफूहरूले प्रयोग गर्ने लागुऔषध ‘ट्रामाडोल’ आन्टिमार्फत आफूहरूले खाने गरेको बयान दिए । प्रहरीले उनीहरूबाट ‘आन्टी’बारे थप सूचना संकलन गर्‍यो ।

तर, ‘आन्टी’ नामले मात्रै चिनेका उनीहरूले उनको थप विवरण प्रहरीलाई दिन सकेनन् । उनीहरूले बयानमा भनेका थिए, ‘नाम र ठेगाना त थाहा छैन । हामी उहाँलाई आन्टी–आन्टी भन्छौँ । हामीले भेटेका पनि छैनाैँ । आवश्यकता पर्दा फोनमा कुरा हुन्छ । ट्रामाडोल अरु व्यक्तिमार्फत पठाइदिनु हुन्छ ।’

तिनैमार्फत ‘आन्टी’को मोबाइल नम्बर पाए । उनीसँग सम्पर्क गर्ने कोसिस गरे । नयाँ र अपरिचित नम्बरबाट आएको फोन रिसिभ भएन । प्रहरीले ‘आन्टी’सँग अधिकांश फोन सम्पर्क हुने नम्बर पत्ता लगायो ।

त्यही नम्बरका व्यक्तिलाई आफूहरू लागुऔषध प्रयागकर्ता भएको र ट्रामाडोलबारे चासो राखे । उनले समेत आन्टीलाई देखाइदिए । त्यसपछि भने प्रहरीले आन्टीको खोजी तीव्र पार्‍यो । करिब एक साता लामो अपरेसनपछि ‘आन्टी’लाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

ती ५३ वर्षीया ‘आन्टी’को ठेगाना दाङ तुलसीपुर उपमहानरगपालिका–८ दुधयाना रहेको र उनको नाम तिलकुमारी विश्वकर्मा रहेको खुलेको छ ।

१५ वर्षदेखि ट्रामाडोलको कारोबार
पक्राउपछि तिलकुमारीमाथि अनुसन्धान गरेको प्रहरीले १५ वर्षअघिदेखि उनी लागुऔषध ट्रामाडोलको कारोबार गर्ने गरेको खुलाएको छ । 

हाल दाङ बस्दै आएकी तिलकुमारी सल्यानबाट दाङ झरेको खुलेको छ । उनी २० वर्षअघि मेडिकल पसलमा सरसफाइको काम गर्ने गरेको प्रहरीले जनाएको छ । 

काम गर्दागर्दै उनले लागुऔषधबारे जानकारी लिएको खुलेको छ । उनी काम गर्ने मेडिकल सञ्चालक समेत पक्राउ परे । ट्रामाडोल बिक्री गरेकै आरोपमा मेडिकल सञ्चालक पक्राउ परेका थिए ।

औषधि व्यवस्था विभागले नियन्त्रणमा लिएका सञ्चालक केही समयमै घर फर्किए । त्यहीँबाट उनले ट्रामाडोलको कारोबार गर्दा पैसा कमाउन सकिने देखेपछि कारोबार गर्न थालेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार, तिलकुमारीले पछिल्लो समय भारत र नेपालगञ्जबाट ट्रामाडोल ल्याएर युवालाई बिक्री गर्ने गरेको खुलेको छ । सुरुसुरुमा तिलकुमारीले सडकपेटीमा तरकारी बेच्ने बाहानामा लागुऔषध बिक्री गर्ने गरेको खुलेको डीएसपी ठकुरीको भनाइ छ ।

६० रुपैयाँ पर्ने ट्रामाडोलको क्याप्सुल सेवनकर्ता हेरेर पाँच सयभन्दा बढीमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लागुऔषध बिक्री गरेर नै उनले दाङमा घरसमेत बनाएको प्रहरीको दाबी छ ।

प्रहरीले उनी र उनको घरमा खानतलासी गर्दा ७५ पत्ता ट्रामाडोल बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरका युवा अधिकांश तिलकुमारी उर्फ आन्टीमार्फत् नै लागुऔषध खरिद गर्ने गरेको देखिएको छ । लागुऔषध प्रयोगकर्ता र उनीहरूलाई उपलब्ध गराउने मुख्य डिलर तिलकुमारी पक्राउ गर्नुलाई प्रहरीले सफलता मानेको छ ।

ट्रामाडोल एक प्रकारको औषधि हो । चिकित्सकको सल्लाहबमोजिम भने ट्रामाडोल औषधि पसलबाट खरिद गरी प्रयोग गर्न मिल्छ । सामान्य किनबेचमा भने प्रतिवन्ध लगाइएको छ । ट्रामाडोल लागुऔषधको रूपमा समेत प्रयोग हुने भएकाले सामान्य किनबेचनमा प्रतिबन्ध लगाइएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro