site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निकै तनावग्रस्त खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ मा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो ।

त्यसअघि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

आज खेल निकै तनावग्रस्त बन्यो । गोल विवादले झन्डै एक घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।

NepalvsIndia-(5)-1730042026.jpg
त्यसअघि खेलको ७१औँ मिनेटमा नेपालले 'विवादित गोल' गरेको थियो । तर, त्यो गोलले मान्यता नपाएपछि खेल अवरुद्ध भएको थियो ।

दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको विवादित 'प्ले अन ह्विसिल'पछि नेपालले गोल गरेको थियो ।

तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको  'बराबरी गोल' खोसियो । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको थियो । त्यतिबेला नेपालकी प्रीति राईले गोल गरेकी थिइन् ।

NepalIndia-1730041328.jpg
त्यसअघि दोस्रो हाफको सुरुवातमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिइन् ।

रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने छ ।

NepalIndia-1730041328.jpg

NepalvsIndia-(22)-1730041209.jpg

NepalvsIndia-(18)-1730041198.jpg

NepalvsIndia-(13)-1730041192.jpg

NepalvsIndia-(10)-1730041171.jpg

NepalvsIndia-(28)-1730041153.jpg

NepalvsIndia-(25)-1730041150.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २१:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro