site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अग्नी ग्रुपको ब्रान्ड एम्बेसडरमा श्रृंखला नियुक्त, एसईई दिएका विद्यर्थीलाई २५-२५ हजार
Argakhachi Cement Island Ad

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अग्नि ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । महिन्द्रा एन्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेताले शुक्रबार खतिवडालाई महिन्द्र ई टु ओ गाडीको साँचो दिँदै ब्रान्ड एम्बेसेडर नियुक्त गरेको हो ।

गाडीको साँचो अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले प्रदान गरेका हुन् । ई टु ओ वातावरणमैत्री विद्युतीय गाडी हो । सो अवसरमा खतिवडाले अग्नी इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडर भएको आफू निकै खुसी भएको बताइन् । 

यस अवसरमा अग्नी इन्कर्पोरेटेडले विगत तीन वर्षदेखि महिन्द्रा बोलेरो पिकअप खरिद गरी उद्यम सञ्चालन गर्दै आएका २५ जना बोलेरो पिकअप ग्राहकका एसईई दिएर बसेका उत्कृस्ट २५ छोराछोरीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार रकम तथा प्रसंशापत्र वितरण गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १७:३०
प्रतिक्रिया दिनुहोस्