काठमाडौं । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन यही जेठ २० गते हुने भएको छ । आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज पत्रकार सम्मेलन गरी म्याराथन जेठ २० हुने तय भएको जानकारी दिएको छ ।
४२ सय मिटर उचाइबाट सुरु हुने म्याराथनको सुरुवात अन्नपूर्ण आधार शिविरबाट हुनेछ । त्यसपछि माछापुच्छ्र«े आधारशिविर हुँदै वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै १६ सय उचाइमा रहेको घान्द्रुकमा सकिने छ ।
विजेताले १ लाख ५ हजार पुरस्कार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ७५ रुपैयाँ पुरस्कार पाउँदा तेस्रोले ५५ हजार, चौथोले ११ हजार, पाँचौंले १० हजार, छैटौंले ९ हजार र सातौंले ८ हजार, आठौंले ७, नवौंले ६ र दशौँले ५ हजार रुपैयाँ पाउने छन् ।
म्याराथनमा एक सयभन्दा बढी नेपाली र विदेशी धावकहरुको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।