site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमास : दोहामा गाजा युद्धविराम वार्ता ‘गम्भीर र सकारात्मक’
फाइल तस्बिर ।

दोहा । इजरायली प्रतिनिधिमण्डल मध्यस्थकर्ताहरूसँग भेट्न दोहा आइपुगेको एक दिनपछि हमासले मंगलबार कतारमा भएको वार्ता गाजामा युद्धविराम र बन्धक–कैदी आदानप्रदानलाई लक्षित गरी ‘गम्भीर र सकारात्मक’ भएको बताएको छ ।

“हाम्रा कतारी र इजिप्टका दाजुभाइहरूको नेतृत्वमा दोहामा आज भइरहेको गम्भीर र सकारात्मक छलफलको आलोकमा अधिकृत पक्षले नयाँ सर्तहरू लागु गर्न छोडेमा युद्धविराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्न सकिन्छ भनेर हमास पुष्टि गर्दछ,” हमासले विज्ञप्तिमा भन्यो ।

Dabur Nepal
NIC Asia

इजरायली अधिकारीहरू दुई पक्षबीचको अन्तर कम गर्ने उद्देश्यले वार्ताका लागि सोमबार दोहा आइपुगेको एक स्रोतले बताएको छ ।

इजरायलको मोसाद गुप्तचर एजेन्सीका प्रमुख डेभिड बार्नियाले बुधबार कतारको राजधानीको भ्रमण गरेपछि यो बैठक भएको स्रोतले जनाएको छ ।

कतार, संयुक्त राज्य अमेरिका र इजिप्टले गाजाको युद्धविराम र बन्धक मुक्तिका लागि पर्दा पछाडिको कूटनीतिक वार्तामा महिनौँदेखि सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।  

तर, गत वर्षको अन्त्यमा लडाइँमा एक हप्ताको विरामबाहेक लगातार वार्ताहरू युद्ध रोक्न असफल भएका छन् । एक साताको युद्धविराममा इजरायली जेलमा रहेका प्यालेस्टिनीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका धेरैलाई रिहा गरिएको थियो ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली वार्ताकारहरू सन् २०२३ नोभेम्बरको युद्धविरामपछि गाजामा बन्धकहरूको रिहाइका लागि ‘सम्झौताको नजिक नभएको’ संकेत गरे ।

दोहामा रहेका हमासका एक वरिष्ठ अधिकारीले पनि सोमबार सम्झौताका लागि वार्ता ‘पहिलेभन्दा नजिक’ भएको तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अझै पनि ‘सम्झौतामा बाधा पुर्‍याउन सक्ने’ चेतावनी दिएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro