site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तहमा अख्तियारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

कर्णाली । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि अख्तियारी प्रदान गरेको हो ।

त्यसैगरी, बैठकले बड्डीचौर–बिउरेनी–बावियाचौर–विद्यापुर सडकखण्ड (१३ दशमलव एक) किलोमिटर सडकलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्ने, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ संशोधन गर्ने र परियोजना सम्झौता गर्नका लागि सहमति प्रदान गर्ने सम्बन्धमा निर्णय गरेको छ ।

यस्तै सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि र अपांगता प्रदेश निर्देशन समिति गठन तथा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । बैठकले अपांगता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम संघ प्रदेश र स्थानीय तह सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro