site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिवि सेवा आयोग खारेजको माग गर्दै रिले अनशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खारेज गर्नुपर्नेलगायतका माग राख्दै विद्यार्थीहरु रिले अनशन सुरु गरेका छन् । यसअघि आयोगका पदाधिकारीहरुले अनियमिततापूर्वक आफन्तलाई भर्ती गरेको तथा पहुँच भएका व्यक्तिको भनसुनका आधारमा लिखित परीक्षा उतीर्ण गराएको विरोधमा अखिल क्रान्तिकारीको नेतृत्वमा विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन् ।

आइतबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित घण्टाघरबाट त्रिवि सेवा आयोगको कार्यालयसम्म कम्तिमा ३०० को संख्यामा विद्यार्थीको उपस्थित सहित मार्चपास गर्ने तथा अध्यक्षलगायत अन्य पदाधिकारीको राजीनामा माग्दै कोणसभा गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले त्रिवि सेवा आयोग खारेज गर्नुपर्ने, आयोगका भ्रष्ट पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने, अवैधानिक रुपमा प्रकाशित गरेको नतिजा खारेज गर्नुपर्ने माग गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

Global Ime bank

परीक्षामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघ/संगठन र राजनीतिक दलका पहुँचवाला नेताहरूका नातागोताको नाम निस्किएको भन्दै चौतर्फी विरोध भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC