site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । म्यागाटो इन्डियाले अरभिन्द इम्पोरियमको सहकार्यमा आफ्ना विभिन्न उत्पादनको नेपाली बजारमा सेवा विस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा आफ्नो विभिन्न उत्पादन बिक्रि वितरण गर्दै आएको यस कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरु बिक्रि वितरण गर्दै आइरहेको छ । 

यस कम्पनीबाट उत्पादित प्रविधिले कम बिजुली लागतमा बढी उत्पादन गर्नसक्ने क्षमता रहेको हुनाले नेपालका सिमेन्ट उद्योगको उत्पादक तत्व बढाउने उद्देश्यका साथ एक कार्यक्रम माझ कम्पनीले आफ्ना उत्पादन नेपालमा विस्तार गरेको हो । 
 
कार्यक्रममा नेपालका विभिन्न सिमेन्ट उद्योगका संचालक, खरिद शाखा प्रमुख, वित्तिय प्रमुख तथा फ्याक्ट्रि प्रमुखको उपस्थित रहेको थियो । त्यसैगरी  म्यागाटोका तर्फबाट कन्ट्री म्यानेजर (साउथ एसिया)  दिपक भोजवानी, विजनेश म्यानेजर बबी स्मीत, प्राविधिक प्रमुख गौतम तनेजा तथा बेल्जियमका प्रमुख प्राविधिक बन्नार्ड मुलड र बिक्रि प्रमुख आदित्य सिंहा लगाएतका उपस्थिति रहेको थियो । साथै अरभिन्द इम्पोरियमको तर्फबाट सञ्चालक विश्वनाथ गोयल, सुरेन्द्र कुमार गोयल तथा कार्यकारी सञ्‍चालक बन्टि जैनको सहभागिता रहेको थियो । 

कार्यक्रममा कम्पनीका तर्फबाट दिपक भोजवानीले आफ्नो उत्पादन तथा यसका विशेषताबारे प्रस्ट पारेका थिए । यसैबिच म्यागाटो इन्डियाले आफ्नो उत्पादनको बिक्रि वितरण गर्न नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा अरभिन्द इम्पोरियम प्रालीलाई नियुक्त गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC