site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राजश्व चुहावट गर्नेलाई प्रदेश र स्थानीय तहले पनि कारबाही गर्न सक्ने : मन्त्री खतिवडा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्वका अधिकार प्रदेश र स्थानीय तहमा गएकाले राजश्व चुहावटलाई पनि प्रदेश र स्थानीय तहले कारबाही गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको बताएका छन् ।

राजश्व चुहावट नियन्त्रणको दायरालाई फराकिलो बनाउँदै अनुसन्धानलाई प्रभावकारी बनाउन र राज्य सञ्‍चालनको परिर्वतित मोडल अनुसार राजश्व संकलन र प्रभावकारी परिचालनका लागि सरकारले संशोधन विधेयक ल्याएको खतिवडाले प्रस्ट पारे । 

Prabhu Bank
Agni Group
NIC Asia

राजश्व चुहावटमा धेरै प्रकारका प्रकृति र प्रवृति हुने भएकोले ती विषयलाई प्रस्तावित ऐनको विधेयकले सम्बोधन गरेको स्पष्ट पार्दै उनले कर छलि गर्नेलाई कारवाही गर्ने अधिकारीका बारेमा पनि विधेयकमा स्पष्ट गरिएको बताए ।

राजश्व संकलन र कर चुहावट नियन्त्रण गर्ने एउटै निकाय अर्थमन्त्रालय एउटै रहँदा नियन्त्रण र संकलनको काम हुँदैन भनेर प्रधानमन्त्रीको कार्यालयमा राजश्व अनुसन्धान विभागलाई लगेको र अनुगमनको प्रभावकारीता बढाउने विषय विधेयकमा समावेश गरिएको छ ।

Global Ime bank

कर्मचारी सरुवा गर्दैमा समस्या समाधान नहुनेमा सरकार स्पष्ट रहेकाले प्रवृति परिर्वतन गर्नुपर्नेमा मन्त्री खतिवडाले जोड दिए । नेपालीको खाता ट्याक्स हेवन मुलुकमा राखिएको विषयमा सरकारको ध्यान आकृष्ट भएको र राष्ट्र बैंक र सम्पत्ति शुद्धिकरण विभागमार्फत छानबिन भइरहेको स्पष्ट पार्दै खतिवडाले “राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC