site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
संसारकै सफल लगानीकर्ता बफेट र मङ्गरसँग सवालजवाफ - ‘सफल लगानीकर्ता बन्‍न धैर्य अत्यावश्यक’
Sarbottam CementSarbottam Cement

गत साता दुनियाँमै सफल मानिएका लगानीकर्ता वारेन बफेटको कम्पनी ‘बर्कसायर हाथवे’ को एनुअल सेयरहोल्डर्स मिटिङ अमेरिकाको ओमाहामा सम्पन्न भयो । यसलाई संसारकै सबैभन्दा महत्वपूर्ण सेयरहोल्डर्स मिटिङ मानिएको छ । 

त्यहाँ एउटा निकै ठूलो ‘एक्जिभिसन’ लगाइएको थियो, जहाँ सेयरहोल्डरले बर्कसायर हाथवे कम्पनीको लगानी भएका संस्थाहरुको सेवा खरिद गर्न सक्थे । त्यहाँ सिज क्यान्डीदेखि निजी जेट भाडामा दिने नेटजेट्सजस्ता कम्पनी सहभागी थिए । तथापि, उक्त मिटिङको प्रमुख आकर्षण बफेट र हाथवेका भाइस चेयरम्यान चार्ली मङ्गरसँग गरिएको सवालजवाफ रहेको थियो । बफेट अहिले ८८ र मङ्गर ९५ वर्षका भए । तर पनि सवालजवाफको सत्र दिनभर चलेको थियो । 

पछिल्ला केही वर्षदेखि हाथवेको मिटिङमा सोधिने प्रश्न दुई माध्यमबाट आउने गरेका छन् । एउटा, लट फाइनान्सियल एनालिस्ट तथा लेखकहरुको ईमेलबाट छानिन्छ । अर्को, त्यहाँ उपस्थित सेयरहोल्डरहरुको प्रश्नलाई चिठ्ठाका माध्यमबाट छानिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यीमध्ये कतिपय प्रश्न हाथवेका बिजनेससँग जोडिएका थिए । कतिपय सवाल यस्ता थिए, जसमा लगानी या बिजनेसलाई लिएर सामान्य प्रश्न पनि सोधिएका थिए । अधिकांश प्रश्नको उत्तरमा बफेट र मङ्गरले लामो तथा तार्किक जवाफ दिएका थिए । उनीहरुले भनेका थिए- हामीले के सोचेर कुनै कम्पनी या बिजनेसमा लगानी गरेका हौं ?

यस प्रश्नको जवाफ पहिला त बफेटले दिएका थिए, उनले मङ्गरतर्फ हेर्दै भनेका थिए, ‘‘चार्ली ?’’ यी मङ्गर प्रायः भन्ने गर्छन्, ‘‘मसँग यसको बारेमा भन्नका लागि केही बाँकी छैन ।’’ 

Global Ime bank

एक जना २७ वर्षीय युवाले आफू बफेट र मङ्गरजस्तै कुशल व्यवस्थापक बन्न चाहेको तर कसरी भन्ने जिज्ञासा राखेका थिए । त्यसको जवाफमा मङ्गले एक कथा जोड्‍दै भने, ‘‘एक युवाले मोजार्टसँग सोधे कि, तपाईंले सिम्फोनी कम्पोज गर्न कसरी सुरु गर्नुभयो । जवाफमा सङ्गीतकारले भने– २२ वर्षको उमेरमा तपाईंले यसलाई बुझ्न सक्नुहुन्न ।’’ युवाले फेरि प्रश्न गरे, ‘‘तपाईं त १० वर्षकै उमेरदेखि सिम्फोनी कम्पोज गर्न थाल्नुभएको थियो ?’’ मोजार्टले उत्तर दिए, ‘‘हो, तर म मान्छेहरुसँग घुमीघुमी प्रश्न गरिरहेको थिइनँ कि, सिम्फोनी कम्पोज कसरी गरिन्छ !’’ 

उक्त मिटिङमा यो वर्ष एउटा निकै अनौठो सवालजवाफ चलेको थियो । १३ वर्षको एक बालक त्यहाँ आफ्ना पितासँग गएका थिए । तिनले बफेट र मङ्गरसँग सोधेका थिए– धैर्य गर्न कसरी सिक्ने ?

बफेटको छवि एउटा कञ्जुस मान्छेका रुपमा बनेको छ । सोही कारण पनि उनलाई यसको जवाफ दिन गाह्रो परेन । तर मङ्गरले भने निकै अचम्मलाग्दो जवाफ दिए । उनी ८ बच्चाका बाबु हुन् । उनले भने, ‘‘धैर्य गर्नु निकै कठिन कार्य हो । तपाईंमा यो जन्मसँग हुन्छ या हुँदैन ।’’

बचत गर्नु अत्यावश्यक हुने बफेटले बताए । तर सबैखाले परिवारका निम्ति हरेक अवस्थामा यो असल कुरा नहुन पनि सक्छ । तपाईं आज डिज्नील्यान्डको दुई दिने भ्रमण रद्द गर्नुहुन्छ भने भविष्यमा त्यही पैसाको ब्याजले सात दिन घुम्न निस्कन सक्नुहुन्छ । तथापि, यो असल छनोट नहुन पनि सक्छ । तपाईं यदि ५० हजार या एक लाख डलरबाट सन्तुष्ट हुनुहुन्न भने पाँच करोड डलरबाट पनि सन्तुष्ट हुन सक्नुहुन्न । 

एउटा सीमा पार गरेपछि पैसाले मान्छेको खुसी बढाउँदैन । के यस्ता उत्तरहरु त्यो बालक तथा उसका पिताले अपेक्षा गरिरहेका थिए ? थाहा छैन । तर यत्तिचाहिँ भन्न सकिन्छ, बफेट र मङ्गरले इमानदारीका साथ प्रश्नको उत्तर दिएका थिए । स्मरणीय कुरो के हो भने, यदि तपाईं सफल लगानीकर्ता बन्न चाहनुहुन्छ भने तपाईंमा धैर्य अत्यावश्यक छ । 

इकोनोमिक टाइम्सबाट  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC