site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्छ : उपसभापति गच्छदार
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल विधेय फिर्ता लिन आग्रह गरेका छन् । 

शुक्रबार अपरान्ह विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने,‘‘सञ्‍चारमाध्यमले के लेख्ने र के नलेख्ने भन्ने कुरा आफैंले विचार पुर्‍याउनु पर्छ । कुनैपनि बाहनामा प्रेस स्वतन्त्रतामा सरकारल अंकुश लगाउने कार्य गर्न हुँदैन् ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

गच्छदारले प्रतिपक्ष दलको हैसियतले नेपाली कांग्रेस प्रेस जगतको अधिकारमाथि प्रहार एवम् कुन्ठित गर्ने जुनसुकै विधेयकको विरोधमा रहने स्पष्ट गरे । उपसभापति गच्छदारले संसदमा दर्ता गरिएको सुरक्षा परिषद र मानवअधिकार सम्बन्धी विधेयकले पनि लोकतान्त्रिक विधि र संघीयता तथा संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने दाबी गरे । 

उनले भने,‘‘सरकार जनताका अधिकारलाई कुण्ठित गर्न उद्धत भएको छ ।’’ उनले यस्ता विधेयक सम्बन्धमा प्रतिपक्षसँग सल्लाह एवं सहमति नहुने गरेको पनि खुलाए । नेता गच्छदारले वर्तमान संविधान सबैको सहयोगमा निर्माण भएको धारणा व्यक्त गरे । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC