काठमाडौं । पोष्टबहादुर बोगटी प्रतिष्ठानले कृषि मेला प्रदर्शनी २०७६ आयोजना गर्न लागेको छ । प्रदर्शनी जेठ ४ देखि ८ गतेसम्म नुवाकोटको ककनीमा हुनेछ ।
नुवाकोटको ककनी गाउँपालिकाा सह–आयोजक र नुवाकोटका दुई नगरपालिकाको विशेष सहयोगसहित कृषि सम्बन्धित संघीय, प्रदेश र स्थानीय सरकाकरका विभिन्न कार्यलयबाट सहयोग प्राप्त हुने विश्वास प्रतिष्ठानले लिएको छ । नुवाकोटको तुप्चेमा २०१० मा जन्मेका बोगटीको २०७२ मा मस्तिष्कघातको कारण निधन भएको थियो ।
२०२५ सालदेखि वाम राजनीतिमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेका बोगटीले तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा पार्टीको केन्द्रीय समितीदेखि पार्टीको केन्द्रीय सदस्य हुँदै पोलिट ब्यूरो स्थायी समिती सचिव, महासचिव र उपाध्यक्ष, किसान संघको अध्यक्ष तथा संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।
नेता बोगटीको कृषि क्षेत्रप्रतिको लगावलाई मध्यनजर गदै स्थानीय कृषकबाट उत्पादित कृषि उत्पादन, पशुपंक्षी , मत्स्य व्यवसाय, जडिबुटी तथा कृषि तथा वन पैदावरमा आधारित घरेलु तथा परम्परागत उत्पादनलाई बजारीकरण गर्ने, जनमानसमा स्थापित गर्ने र उत्पादक, कृषक तथा उद्यमीलाई आर्थिक तथा मनोवैज्ञानिक तवरले सबल बनाई कृषिमा निर्भर स्वाधीन अर्थतन्त्र निर्माणको आधार तयार गर्नको लागि र कृषि क्षेत्रको माध्यमबाट पर्यटन व्यवसाय प्रबर्धन गर्न मेला आयोजना गर्न लागिएको हो ।