site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वराजदूत झा हत्या प्रकरणः नौ महिनासम्म ‘क्लु’कै खोजीमा प्रहरी ! तीन सयसँग बयान
Sarbottam CementSarbottam Cement

हत्या गरिएका पूर्वराजदूत झा

काठमाडौं । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको हत्या भएको नौ महिना बितेको छ । तर, हत्या कसले गरेको हो भन्ने अझै पत्ता लाग्न सकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत भदौ ४ गते काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा हत्या गरिएका झाको हत्या कसले र किन गर्यो भन्नेमै अनुसन्धान केन्द्रित छ । राजधानीमा आफ्नै घर भएको ‘हाइप्रोफाइल’ हत्याको अनुसन्धान महानगरीय अपराध महाशाखाको टोलीले गरिरहेको छ । 

महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापा सुक्ष्म तरिकाले घटनाको अनुसन्धान भइरहेको बताउँछन् । उनले भने, ‘‘हामी विभिन्न कोणबाट अनुसन्धानमा सक्रिय छौं । ढिलोचाँडो अनुसन्धानमा सफलता हात पर्नेछ ।’’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार हालसम्म शंकास्पद तीन सयन्दा बढी व्यक्तिसँग सोधपुछ गर्नुका साथै बयान लिइएको छ । ती अधिकारीले भने, ‘‘आसपासका सबै ट्यापे, आपराधिक पृष्ठभूमिका सबैसँग बयान लिने, सोधपुछ गर्ने काम गर्यौं । हत्याका सम्भावित कारणहरु केलाउँदै लगेका छौं ।’’

Global Ime bank

झाको हत्या आर्थिक कारणले नै भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष छ । बैंक विवरण हेर्नेदेखि झासँग सम्बन्धित सबै क्षेत्र तथा व्यक्तिमाथि निगरानी तथा अनुसन्धान गरिएको एसएसपी थापाले बताए । झा आफ्नै कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेका थिए । यसअघि प्रहरीले अनुसन्धानका लागि सुरक्षा गार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई पक्राउ गरेको थियो । तर, अनुसन्धानको क्रममा उनीहरुको संलग्नता पुष्टि हुन नसकेपछि छुटेका थिए । झाको टाउकोमा तीन चोट लागेको छ भने घाँटीमा दुई चोट लागेको पाइएको थियो ।  पोष्टमार्टम रिपोर्टअनुसार झाको मृत्युको कारण घाँटीमा गहिरो चोटका कारण भएको उल्लेख गरिएको छ । ९ महिना बितिसक्दा पनि हत्यामा संलग्नको सामान्य पहिचान समेत खुल्न नसक्दा घटना रहस्यमय बन्दै गएको छ । 

भदौ ४ गते बिहान मालीको काम गर्दै आएका आइतसिंह तामाङ र जय बहादुर गुरुङ झाको घरमा पुगेका थिए । अबेरसम्म झा नउठेपछि श्रीमतीले सेक्युरिटी गार्ड र मालीकै सहयोगमा ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका थिए । झा सन् १९९३ देखि १९९७ फ्रान्सका लागि नेपाली राजदूत थिए । पूर्व राजदूतहरुको संगठनको निवर्तमान अध्यक्षसमेत रहेका उनले लामो समय चिफ अफ प्रोटोकलको भूमिका निर्वाह गरेका थिए ।

झा हत्या प्रकरणमा उनको उठबस कोसँग थियो, घरमा कोको आउने जाने गर्थे भन्नेतर्फ पनि अनुसन्धान केन्द्रित गरिएको छ । ८० वर्षीय झा श्रीमती र एक सहयोगीका साथ बबरमहलस्थित घरमा बस्दै आएका थिए । झा भुइँतलामा एक्लै सुत्थे भने श्रीमती पहिलो तलामा सुत्ने गर्थिन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार झाको हत्यारा पहिलो तलाको झ्यालबाट छिरेको हुनसक्ने अनुमान छ ।

अनुसन्धानरत प्रहरीका अनुसार दोस्रो तलामा रहेको झ्याल र पहिलो तलामा रहेको झ्याल काटिएको छ । झाको घरमा भएको कुकुर समेतले रातमा घएको घटनाको चाल नपाउनु र कोठाभित्रै घाटी दबाएर मारिएको तथ्य बाहिर आउनुले सुनियोजित हत्या भएको हुनसक्ने बताइएको छ । प्रहरीले घटनासँग सम्बन्धित कुनै ‘क्लु’ भेट्टाउन नसक्दा अनुसन्धानमा जटिलता थपिएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय