site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
श्रीमतीको मोबाइलमा रेकर्ड भएको त्यो संवाद जसले सन्तोषलाई हत्याको बाटोमा पुर्‍यायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । बौद्ध प्रहरीलाई चकित पार्ने गरी बुधबार एकजना जघन्य अपराधका आरोपी आफैँ प्रहरी कार्यालयमा पुगे । त्यसरी कार्यालय पुग्ने युवा ३५ वर्षीय सन्तोष परियार हुन् । ओलखढुंगाको सिद्धिचरण नगरपालिका–३ का सन्तोषले आफूले श्रीमतीको हत्या गरेको भन्दै काठमाडौंस्थित प्रहरी कार्यालय बौद्ध पुगेका थिए ।

कार्यालयको सुरक्षाका लागि खटिएको प्रहरीलाई गेटमै उनले भनेका थिए, “मैलै श्रीमतीको हत्या गरेर आएको हुँ ।” 

सुरुमा उनको कुरा प्रहरीलाई पत्याउन गाह्रो पर्‍यो । गेटमा खटिएका प्रहरीले कार्यालय प्रमुख डीएसपी राजु पाण्डेलाई घटनाबारे रिपोर्ट गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीको टोलीले सन्तोषलाई नै गाडीमा राखेर घटनास्थल लग्यो । बौद्धस्थित भुवल डाँडाको एक घरमा भाडामा बस्दै आएका सन्तोषको कोठामा पुग्दा उनकी श्रीमती ३५ वर्षीया अनिसा परियार ओछ्यानमा मृत अवस्थामा भेटिइन् ।

उनको शव प्रहरीले तत्काल पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठायो । प्रहरीले सन्तोषमाथि थप अनुसन्धान जारी राखेको छ ।

Global Ime bank

फोनमा भएको चार मिनेटको त्यो रेकर्ड
सन्तोष र अनिसाले २०७२ सालमा प्रेम विवाह गरेका थिए । दुवै जनाको पहिलो विवाह टुटेपछि सहमतिमै दोस्रो विवाह गरेर बौद्धमा बस्दै आएका थिए । विवाहपछि सन्तोष वैदेशिक रोजगारीका लागि कतार पुगे ।

अनिसा बौद्धमै बस्थिन् । कतारमा सोचे जस्तो काम नपाएपछि सन्तोष नेपाल फर्किए । तर, लामो समय भने उनी बसेनन् । फेरि रोजगारीकै लागि मलेसिया हानिए । मलेसियाबाट नेपाल फर्किएको भने धेरै समय भएको छैन । 

नेपाल फर्किएको सुरुसुरुमा श्रीमान्-श्रीमतीको सम्बन्ध राम्रै थियो । तर, पछिल्लो केही दिनदेखि भने अनिसाको मोबाइलमा एक युवाको फोन आउन थाल्यो । सन्तोषले त्यो फोनबारे अनिसालाई पटक–पटक सोधे । तर, अनिसाको जवाफ सन्तोषलाई चित्तबुझ्दो लागेन ।

सन्तोषले गोप्य रूपमा अनिसाको मोबाइल फोनमा अटो रेकर्ड सिस्टम डाउनलोड गरेर राखी दिए । त्यो कुरा अनिसाले चाल समेत पाएकी थिइनन् । अटो रेकर्ड राखेपछि फेरि शंकास्पद युवाको फोन आयो । त्यो फोन उनीहरूसँगै बसेका बेला आएको थियो । अनिसा कोठाबाहिर गएर श्रीमान्ले नसुन्ने गरी फोनमा कुरा गरिन् । उनी करिब चार मिनेट हराइन् । पछि कोठा फर्केपछि भने सन्तोषले अनिसाको मोबाइल फोन खोसे । आफूले अटो रेकर्ड राखेका कारण श्रीमती र युवाको संवाद होला भन्नेमा उनी ढुक्क थिए ।

रेकर्ड सिस्टममा गएर चेक गरे । फोन संवादमा रेकर्ड भेटाए । त्यो रेकर्डमा सन्तोषले गरेको आशंका पुष्टि हुने खालको संवाद थियो । श्रीमतीको अन्य बाहिरी पुरुषसँग सम्बन्ध रहेको सन्तोषले थाहा पाए । त्यही रेकर्ड सुनेर सन्तोषले श्रीमतीको हत्या गरेको खुलेको हो । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले श्रीमान्–श्रीमतीबीच विवादका कारण हत्यासम्म पुगेको बताए ।

प्रहरीका अनुसार उनीहरूले दुवै अत्यधिक मदिरा समेत सेवन गर्ने गरेको खुलेको छ । सन्तोषले अनिसालाई लात्ती र मुक्का प्रहार गरेर मात्रै हत्या गरेको प्रहरी अनुसन्धानले खुलाएको छ । मृतकको शरीरभरी निलडाम देखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय