site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकल घरको भित्तामा ठोक्किँदा दुई युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा परी गए राति दुई युवकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–४ स्थित वडा कार्यालयनजिक भित्री सडकखण्डमा ना२२प ३४४४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

राति करिब ११ः५५ बजे उक्त मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा रत्ननगर–३, बन्सीका १८ वर्षीय सुमित महतो र सोही ठाउँका २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार, मोटरसाइकलमा सवार उनीहरू दुवैजनाले हेलमेट लगाएका थिएनन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका निम्ति भरतपुर अस्पतालमा पठाइएको थियो । अस्पतालमा चिकित्सकले ईसीजी गरी राति १२ः५५ बजे दुवैजनाको मृत्यु घोषणा गरेका प्रहरीले जनाएको छ ।

दुईमध्ये दुर्घटनाका बेला मोटरसाइकल कसले चलाएका थिए भन्ने खुलेको छैन । उक्त घरको भित्तामा समेत क्षति भएको छ । मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको सो कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro