site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाबुराम ‘फ्रस्टेट’ भएः नेकपा सांसद पाण्डे
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपाका सांसद सुरेन्द्र पाण्डेले डा. बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको बताएका छन् । संसदमा पूर्वबजेट छलफलमा पाण्डेले पूर्व कम्युनिस्ट भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै प्रतिवाद गरेका हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले यस्तो बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई लगत्तै आफ्नो धारणा राख्न रोस्टम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताएका हुन् ।

सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै उनले भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको तर्क गरे । उनले भने, “१९८० को दशकमा पूर्व कम्युनिष्टहरु क्रान्ति गर्न नसक्दा निरास नागरिकले नयाँ आधुनिकतावादको कुरा गर्न थालेर कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो । सोबेला कम्युनिष्टबाट निराश भएको देखिन्थ्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी राइटिस्टले पनि यसरी नै विरक्तिएको र अहिले बाबुराम भट्टराई पनि विरक्तिएको टिप्पणी उनले गरे ।

आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी  सान्दर्भिक नभएको दाबी पनि सांसद पाण्डेले गरे । उनले  बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने दाबी गरे । अन्तरप्रदेशको समन्वय गर्ने गरि स्पष्ट ढंगले कानुन बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC