site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् । ओली बिहीबार भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । 
दुवै मुलुकको औपचारिक भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललगायतले विदाइ गरे । 
भियतनामका प्रधानमन्त्री न्यूग्यन जुयान फुकको निमन्त्रणामा त्यहाँको ५ दिनको भ्रमणपछि प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको निमन्त्रणामा त्यहाँको ३ दिने भ्रमणमा सहभागी हुनेछन् । भियतनाममा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी फुकसँग द्धिपक्षीय भेटवार्ता गर्नेछन् । त्यसैगरी उनले भियतनामको हानाम प्रान्तमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन’लाई मुख्य वक्ताको रुपमा सम्बोधन गर्नेछन् । 
सो सम्मेलनमा भारतका उपराष्ट्रपति बैंकट नाईडु, मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसहितको उच्च राजनीतिक नेतृत्वको सहभागिता हुनेछ । बुद्धको जन्मस्थल लुम्विनी र शान्तको सन्देशलाई विश्वभर फैल्याउन सो सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा भियतनामसँग तीन वटा समझदारी गर्ने सरकारको तयारी छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्धिपक्षीय परामर्श संयन्त्र निर्माणका विषयमा समझदारी गर्ने तयारी गरिएको हो । त्यसैगरी कम्बोडियाको भ्रमणका क्रममा द्धिपक्षीय हवाई उडानसम्बन्धि विगतमा गरिएका समझदारीलाई अघि बढाउने र सहयोगको क्षेत्र थप विस्तार गर्ने विषयमा छलफल हुनेछ । दुवै मुलुकको साताव्यापी भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आगामी जेठ १ गते बुधबार अपरान्ह स्वदेश फर्कने तालिका छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC