काठमाडौं । पूर्व सभामुख तथा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगानाले वैशाख २३ राष्ट्रिय एकीकरणको दिन भएको बताएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टी घोषणा सभामा शुभकामना मन्तव्य दिँदै ढुंगानाले भने, “पार्टीको एकीकरण होइन, अहिले देशको एकीकरण, राष्ट्रिय एकीकरणको आवश्यकता छ। यसको पूर्ति समाजवादी पार्टीले गर्नेछ,” उनले भने । उपेन्द्र यादव नभएको भए अन्तरिम संविधानबाट सङ्घीयता गायब भइसकेको हुने उनले स्मरण गराए ।
“अहिलेको संकट संकट दल, पार्टी, संगठन, नीतिको होइन बरु नेताको हो । यो आवश्यकताको पूर्ति समाजवादी दलले गर्छ । आजबाट जनताको दिन आयो । तराई, पहाड, हिमालको दिन आयो,” ढुंगानाले भने ।
पार्टीहरुमा आचरणको अभाव देखिएको भन्दै नयाँ पार्टी भ्रष्टाचार र देश दोहनबाट मुक्त बनोस् भन्ने शुभकामना दिए । “उपेन्द्र र बाबुरामले इतिहास बदल्नुभयो । आज इतिहास बदलेको दिन हो । समाजवादी पार्टी अब देशको एक नम्बर पार्टी बन्नेछ” उनले दाबी