site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । साझा यातायातले थप ल्याउन लागेका ३० बसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 
 
काठमाडौं महानगरपालिकाको रु १० करोड सेयर लगानीमा साझाले भारतबाट ल्याउन लागेका थप नयाँ ३० बस निर्माण भइसकेको र अबको केही दिनमा बस नेपाल आइसक्ने साझा यातायातका कामु कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।  
 
प्रमुख पाण्डेका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप तीस ठूला बस ल्याउन लागिएको हो । साउन महिनाभरिमा ल्याउन लागिएका सबै बस आइसक्ने र भदौको पहिलो साताबाट सञ्चालनमा रहेका १६ र ल्याइने तीस बस गरी काठमाडौं उपत्यकामा साझाका ४६ बसले नागरिकलाई सेवा दिनेछन् । 
 
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सबै बस अपाङ्गमैत्री रहेका छन् । जम्मा ४० सिट रहने उक्त बस शारीरिकरुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्नेगरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा अशोक लेल्यान्डले पाएको छ । 
 
लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको साझा यातायातले अन्य यातायातको साधनले जस्तो सर्वसाधारणसँग जथाभावी भाडा असुल नगरी विद्यार्थीका लागि रु १० र अन्य नागरिकका लागि रु १५ निर्धारित शुल्क लिँदै आएको छ । 
 
हाल सञ्चालनमा रहेका बसले नाकाबन्दी र विभिन्न बहानामा हुने गरेका बन्दको समयमा पनि नागरिकलाई निर्बाधरुपमा सेवा दिँदै आएकाले सङ्कटका बेला आमनागरिकको सहयोगी बन्दै आएको छ, साझा यातायात । रासस 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC