site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बोइङ्गका सीईओले भने– पाइलटले सबै मापदण्ड नपछ्याउँदा ७३७ म्याक्स दुर्घटना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

न्यूयोर्क । बोइङ्ग कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले हालै विवादमा आएको ७३७ म्याक्स जेट राम्रोसँग डिजाइन गरिएको भएपनि हालैको दुई वटा दुर्घटनापछि त्यसलाई अझ सुरक्षित पार्ने प्रयास गरिएको बताएका छन् । सिइओ डेनीस मुलेनवर्गले पाइलटबाट बोइङ्गले तोकेका सबै मापदण्ड नपछ्याएका कारण त्यस खालको समस्या आएको जनाएका छन् । 
उनले गएको मार्च १० तारेखमा भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना र अघिल्लो अक्टोबरमा भएको लायन एयरको ७३७ म्याक्स विमान दुर्घटनामा परेका थिए ।  सो विमानका एन्टी स्टाल सफ्टवेयर भनिने एमसीएएस सम्बन्धी विषय नै दुवै दुर्घटनामा सम्बन्धित रहेको उनले बोइङ्गको वार्षिक शेयरहोल्डर बैठकमा बताएका हुन् । 

इथियोपियन अधिकारीहरुले भने पाइलटले बोइङ्गका सबै प्रक्रिया अपनाउँदा पनि विमानलाई नियन्त्रणमा लिन नसकेको जनाएका छन् । यसो हुनुमा आफ्नो भूमिका रहेको बोइङ्गले जनाएको छ । ‘‘यो खतरा अन्त्य गर्ने हाम्रो भूमिका हो । हामी यसको जिम्मेवारी लिन्छौं र यो कसरी गर्ने भन्ने हामीलाई थाहा छ,’’ उनले अप्रिल ४ मा भनेका थिए । सोमबार पनि मुइलेनबर्गले बोइङ्गले केही सुधार गरेर म्याक्सलाई अझ सुरक्षित गर्न सुधार गरिने बताएका छन् । “अघि बढ्न हामीले सुधारका केही बाटो पत्ता लगाएका छौं,” उनले भनेका छन्, ‘‘हामीले फेरि एउटा सबैभन्दा सुरक्षित बिमान बनाउने छौं । ’’

बोइङ्गका कार्यकारीहरुले बोइङ्ग ७३७को बारेमा शेयरहोल्डरको कडा प्रश्नको सामना गर्नुपरेको थियो । मार्च १० को दुर्घटनापछि कम्पनीको मूल्यको स्टकमा यसको मूल्य १० प्रतिशतले घटेको छ । बोइङ्गले गएको हप्ता पहिलो क्वार्टरमा कमाई २१ प्रतिशतले घटेको जनाएको थियो । 
(सीएनएन)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC