काठमाडौं । नेपालले एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट दोस्रो चरण अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलका लागि प्लेइङ–११ सार्वजनिक गरेको छ । म्यानमारको मन्डलाथिरी रंगशालामा खेल दिउँसो ३ः१५ बजे सुरू हुनेछ । प्रशिक्षक हरिओम श्रेष्ठले सार्वजनिक गरेको नेपालको प्लेइङ–११ मा गोलकिपरमा अन्जना रानामगर छन् ।
स्टाइकरको जिम्मा रेखा पोडेल र रश्मी घिसिङलाई दिइएको छ । मिडफिल्डमा मन्जली योन्जन, सरु लिम्बु, मनिषा रावत र सविता रानामगर छन् । डिफेन्डरमा रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, पूजा राना र बिमला बिक छन् ।
बलियो दाबेदार मानिएको अष्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल छ । समूह ए मा रहेको नेपालले अष्ट्रेलियापछि घरेलु टोली म्यानमार र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।