विदेश
शिजिआजुआङ । उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहले जानकारी दिएका छन् । निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किदाँ मजदूरहरु हताहत भएका थिए ।
हेङ्गसइ शहरको ताआचेङ जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । - एजेन्सी
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६ २३:००
प्रतिक्रिया दिनुहोस्