site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस नेता सिंह फेरि देश दौडाहामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह फेरि झण्डै एक हप्ता लामो जिल्ला दौडाहामा निस्कन लागेका छन् । उनी भोलि (शुक्रबार) बाट जिल्ला प्रदेश नम्बर १ का धनकुटा, तेह्रथुम र संखुवासभाको दौडाहामा निस्कन लागेका हुन् ।  
नेता सिंह कांग्रेस केन्द्रीय सदस्यहरु बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं, पूर्वमन्त्री राजन केसी, संविधानसभा सदस्य दिपक खड्का, काठमाडौं कांग्रेसका सभापति कृष्ण सबुज बानियाँका साथ पूर्वी जिल्लाको भ्रमणमा जाने कार्यक्रम तय भएको उनका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिए । 

उनका अनुसार नेता सिंह भोली विराटनगर हुँदै धनकुटा जाँदै छन् । कांग्रेस धनकुटाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रम सकेर सिंह तेह्रथुम जाने कार्यक्रम तय गरिएको छ । शनिबार कांग्रेस तेह्रथुमले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सिंहको नेतृत्वमा जाने नेताहरुको सहभागी हुनेछन् । आउँदो आइतबार कांग्रेस संखुवासभाले आयोजना गर्न लागेको कार्यकर्ता भेटघाट कार्यक्रम तथा सभालाई नेता सिंह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको लामिछानेले बताए ।  

त्यस्तै नेताहरु आउँदो सोमबार कांग्रेस संखुवासभाले अरुण गाउपालिकामा आयोजना गर्ने छलफल तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । सिंहका स्वकीय सचिव लामिछानेले नेताहरुको टोली वैशाख १७ गते काठमाडांै फर्किने कार्यतालिका रहेको बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC