site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
श्रीलंकामा बम पड्काउनेसँग एक पादरीको कुरा भएको थियो !
Sarbottam CementSarbottam Cement

कोलम्बो । श्रीलंकाको एउटा चर्चका पादरीले गएको आइतबार बम आक्रमण गर्ने एक जना आतंककारीसँग आफ्नो संवाद भएको दाबी गरेका छन् ।  श्रीलंकाको मट्टकाललाप्पु इलाकामा रहेको सियोन चर्चका पादरी फादर स्टेन्लीले आफूसँग आतंककारीको कुराकानी भएको दाबी गरेका हुन् । 

सो चर्चमा २६ जनाको मृत्यु भएको थियोे । उनका अनुसार सो चर्चका मुख्य पादरी भने अहिले विदेशमा रहेका छन् । त्यसैले ती पादरीले  अहिले सहायकको रुपमा चर्चमा काम गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको भनाई यस्तो रहेको छ ,‘‘मैले उसँग कुरा गरेको थिएँ । मैले उसलाई चर्चको भित्र बोलाएँ । उसले आउन मानेन । उसले आफू कुनै फोन कलको प्रतिक्षामा भएको बतायो । फोन आउनासाथ आफूले फोन उठाउनुपर्ने बतायो । हाम्रो कार्यालय चर्चको सामुन्नेमा छ ।ऊ त्यही आएर उभिएको थियो । उसले पूजाको काम कतिबेला शुरु हुन्छ भनेर सोध्यो । मैले उसलाई जवाफ दिएँ  र दोस्रो पटकपनि उसलाई चर्चमा बोलाएँ । हामी सधैं सबैको स्वागत गर्छौं । उसले आफ्नो काँधमा एउटा व्याग बोकेको थियो । अगाडि तर्फ क्यामेरा सहितको ब्याग जस्तो देखिन्थ्यो । म त्यतिबेला उसको उदेश्यका बारेमा प्रष्ट थिइन । त्यतिबेला त्यहाँ भएका बच्चाहरुले भनिरहेका छन्, यो काम उसैको हो । जब पूजाको काम शुरु भयो । त्यतिबेला म भित्र छिरेँ । यसको दुई तीन मिनेटमा उसले बाहिर बम पड्कायो । बम चर्चको भित्र पड्केन । थुपै्र बच्चाहरु आफ्नो आइतबारको कक्षापछि चर्चमा आएर पानी पिइरहेका थिए । पानी पिएर नै उनीहरु चर्चको भित्र आउँथे । ती बच्चा र अन्य मानिसहरु त्यतिबेला चर्च भित्र आइरहेका थिए । सोही समयमा बम पड्केको हो । चर्चमा बम पड्केपछि सबैतिर कोलाहलको अवस्था उत्पन्न भयो । धमाकापछि गाडी र जेनेरेटरमा आगलागी भयो । आगोका कारण विस्फोटबाट घाइते भएकाहरुलाई हामीले बचाउन सकेनौं । हामीले केही बच्चाहरुलाई मात्रै जोगाउन सक्यौं । पहिलो धमाका पछि पनि त्यहाँ अन्य धमाका भएका थिए । मैले मान्छेहरुलाई जोगाउन पुरै प्रयास गरेको थिएँ । तर, त्यहाँ सबैथोक आगोमा बदलिएको अवस्था थियो । त्यसैले को मर्यो र को बच्यो भनेर म यता र उता दौडिन थालेँ । मेरी पत्नी र छोरा पनि हराएका थिए । खोजतलास गर्दा उनीहरु एक अस्पतालमा भेटिए । यो आक्रमणमा थुप्रै निर्दोष बच्चाहरुको पनि ज्यान गएको छ ।मलाई यति मात्रै थाहा छ ।’’

सो घटना आफूले गराएको भनेर मंगलबार अन्तर्राष्ट्रिय आतंकवादी संगठन इश्लामिक स्टेटले दाबी गरेको छ । तर श्रीलंका सरकारले भने देशकै जेहादी गुट नेशनल तौहिद जमातको नाम लिँदै आएको छ ।
(बीबीसीबाट)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC