site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से १९ अंकले बढ्दा ९५ करोडको कारोबार 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साताको चौंथो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ पुगेको छ । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स ४ दशमलव ८० प्रतिशतले बढेर २ सय ७६ दशमलव ९४ पुगेको छ ।
 
नेप्से बढेको दिन बजारमा ९५ करोड ३ लाख ४ हजार ४ सय १० रुपैयाँको सेयर कारोबार भयो । यस क्रममा १ सय ७२ कम्पनीका ३४ लाख ८ हजार ३ सय ७४ कित्ता सेयर किनबेच भए । सुरुवातमा बढेका देखिएको बजार विस्तारै ह्वातै बढेको हो । नेप्से बढेको दिन समूहगत १० उपसूचकहरु मध्ये ८ वटा उपसूचक उकालो लागेका छन् भने २ उपसूचक ओरालो लागेका छन् ।
 
नेप्से बढेको दिन सबैभन्दा धेरै होटल समूह ६० दशमलव ११ अंकले उकालो लाग्यो भने घट्नेतर्फ उत्पादनमुलक समूह २ दशमलव ६९ अंकले ओरालो लाग्यो । आज सबैभन्दा धेरै कारोबार नेपाल बैंक लिमिटेडको सेयरको भयो । बैंकले ९ करोड ९ लाख ४६ हजार २ सय ६९ रुपैयाँ बराबरको सेयर किनबेच भए ।
 
नेप्से बढेको दिन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाए । कम्पनीको सेयर ९ दशमलव ७७ प्रतिशतले बढ्यो । त्यसैगरी रधी विधुत् कम्पनीका लगानीकर्ताले ८ प्रतिशत गुमाए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC