site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लगातार धक्का, भूकम्पविद् भन्छन्– परकम्प मात्रै हो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुधबार बिहानै ११ मिनेटको अन्तरमा गएको ५ दशमलब २ र ४ दशमलब ३ म्याग्निच्यूडको भूकम्प गोर्खा भूकम्पकै परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  केन्द्रका विज्ञ सोमनाथ सापकोटाले बाह्रखरीसँगको कुराकानीमा यस्तो जानकारी गराएका हुन् । पहिलो परकम्प ६ः२९ बजे गएको थियो भने दोस्रो ६ः४० मा गएको थियो । 

उनले बुधबार बिहान महसुस भएका दुवै धक्का परकम्प भएको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंमा लगातार भूकम्पको धक्का, नौबिसेमा केन्द्रबिन्दु 

नेपाल भौगर्भिक समाजका पूर्वअध्यक्ष प्राडा दण्डपाणी अधिकारीले बाह्रखरीसँग कुरा गर्दै भने,“२०७२ वैशाख १२ गते गएको भूकम्पभन्दा सानो भूकम्प गोर्खादेखि दोलखासम्मको १६० किमिको आसपासमा गएका छन् भने ति सबै धक्काहरु परकम्प नै हुन् ।”
२०७२ सालमा गएको ७ दशमबल ८ म्याग्निच्यूड भन्दा ठूलो भूकम्प यसको आसपासमा गएको अवस्थामा भने त्यो नयाँ भूकम्प हुने उनले जनाए ।

Global Ime bank

२०७२ सालको भूकम्प गएको तिथिभन्दा एक दिन अगाडि आजको भूकम्प गएको सन्दर्भमा उनको भनाइ थियो,“भूकम्पको वार्षिकीसँग यसको कुनै सम्बन्ध हुँदैन । पहिला गोर्खादेखि दोलखासम्मको भू–भागको भित्रि भाग चर्केकोमा अहिले त्यसकै आसपासमा सानो हिसाबले भू–भाग चर्केको हुन सक्ने र त्यही भएर भूकम्प आएको हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC