site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नगर प्रहरीको अभावले कार्यसम्पादनमा असर
Sarbottam CementSarbottam Cement

ललितपुर । ललितपुर महनगरपालिकामा आवश्यकताभन्दा कम नगर प्रहरी कार्यरत हुँदा कार्यसम्पादनमा असर पुगेको जनाइएको छ । 

नयाँ संरचनामा नगर प्रहरीलाई धेरै जिम्मेवारी दिइए पनि दरबन्दी नै कम हुँदा काम गर्न बाधा पुगेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । महानगरपालिकामा अहिले २० जना नगर प्रहरी कार्यरत छन् । जनप्रतिनिधि आएपछि पहिलो नगर परिषद्ले नगर प्रहरीको दरबन्दी बढाएर ५० कायम गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त निर्णय भए पनि कार्यान्वयन नहुँदा समस्या भएको उनले बताए । उनले भने, “नगरपालिकाको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने भए पनि हामीसँग जनशक्ति कमी छ ।”

महानगरपालिका भवनको सुरक्षासँगै महानगरभित्रका सार्वजनिक सम्पत्तिको सुरक्षाको जिम्मेवारी नगर प्रहरीको हो । यसबाहेक नगर परिषद्को निर्णय कार्यान्वयन, बजार अनुगमन, फुटपाथ व्यवस्थापनलगायतको जिम्मेवारी नगर प्रहरीको भएको नगर प्रहरी प्रमुख महर्जनले बताए । 

Global Ime bank

दमकलमा समेत अरु जनशक्ति नहुँदा नगर प्रहरीले नै सञ्चालन गरिरहेको छ । उनले भने, “जनशक्ति कम हुँदा नगरी नहुने काममा नै लाग्नुपर्छ, थप काम गर्न सकिँदैन ।” यसअघि महानगरपालिकामा नगर प्रहरीको दरबन्दी २३ जना रहेको थियो । -रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC